pokhara news

रामपुरमा न्यायीक समिति संग प्रहरी साझेदारी

मङ्सिर १३, पाल्पा ।
रामपुर नगरपालिका पाल्पाको न्यायीक समितिसंँग प्रहरी साझेदारी कार्यक्रम गरिएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत रामपुर नगरपालिका न्यायीक समितिको आयोजनामा वडा नं.४ देविस्थानमा बुधबार प्रहरी साझेदारी कार्यक्रम कार्यक्रम गरिएको हो ।
कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले सभ्य र सुसंस्कृत नगर निर्माणका लागि सबै सचेत हुन आवश्यक रहेको बताउनुभयो । नगर प्रमुख थापाले पछिल्लो समय हरेक व्यक्तिमा नकारात्मक सोँच हावि भएका कारण हिंसासंँगै विभिन्न नकारात्मक घटना बढ्दै गएको र यसको निराकरण गर्नुपर्ने व्यक्त गर्नुभयो । उहाँले मानिसमा नैतिक ज्ञानको कमीका कारण आपराधिक क्रियाकलापसंँगै हिंसाका घटना हुने गरेको बताउनुभयो । समाजमा रहेका विकृति विसंगती हटाई शान्त र हिंसा रहित समाज निर्माणका लागि सबै सचेत हुन आवश्यक रहेको नगर प्रमुख थापाको भनाई छ ।
यसैगरी नगरपालिकाका उपप्रमुख तथा न्यायीक समितिका संयोजक बालकुमारी थापाले विवाद र अपराध दुवैले समाजिक मेलमिलापलाई असर पार्ने बताउनुभयो । न्यायीक र शान्त समाज निर्माणका लागि विवाद ,अपराध र हिंसाको अन्त्य हुनु पर्ने भन्दै विवाद,अपराध र हिंसालाई कानुनी उपचारको माध्यमबाट समाधान गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । उहाँले समाजमा हुने विभिन्न हिंसा र अपराधलाई नलुकाउन आग्रह गर्दै विभिन्न विवादको न्यायोचित रुपमा समाधानका लागि न्यायीक समिति र आँफू संधै प्रतिबद्ध भएर लागेको उल्लेख गर्नुभयो । 
कार्यक्रममा ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रामबहादुर नेपालीले जुनसुकै अपराध र हिंसालाई कानुनी दायरामा ल्याउन आवश्यक रहेको बताउनुभयो । विभिन्न अपराध, लागु औषध, सडक सुरक्षा, साईबर क्राईमलगाएतको कानुनी उपचार, विभिन्न हिंसा र यसको अवस्था,न्यायीक समितिको काम कर्तव्य र अधिकारका विषयमा अभिमुखिकरण प्रदान गरिएको थियो । कार्यक्रमको सहजिकरण ईलाका प्रहरी कार्यालय रामपुरका प्रमुख रामबहादुर नेपाली, नगरपालिकाका न्यायीक समिति सचिवालय सचिव पार्वती परियार र सञ्जु परियारले गरेका थिए ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर