रामपुरमा पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु
फागुन १७, पाल्पा ।
पाल्पाको रामपुरमा पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ ।
रामपुर नगरपालिकाको आयोजना र दरैठाँटी माध्यमिक विद्यालयको व्यवस्थापनमा पाँचौ संस्करणको प्रतियोगिता शुक्रबार बाट सुरु भएको हो । रामपुर नगरपालिका–६, विजयपुर स्थित दरैठाँटी माविको खेल मैदानमा प्रतियोगिता सञ्चालनमा ल्याइएको हो ।
प्रतियोगिताको उट्घाटन गर्दै नगरपालिका उप–प्रमुख बालकुमारी थापाले प्र्रतियोगिताले विद्यार्थीको अन्तरनिहित खेल प्रतिभाको पहिचान एवम् खेलाडी उत्पादनमा टेवा पुग्ने बताउनुभयो । नगरपालिकाले खेलकुद क्षेत्रको उत्थानका लागि भौतिक पूर्वाधार निर्माण एवम् तालिमसँगै उत्कृष्ट खेलाडीलाई सम्मान गर्दै आएको बताउनुभयो ।
दरैठाँटी माविका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटाले विगतको स्वरुपलाई परिवर्तन गरिएको बताउनुभयो । प्रतियोगिता बाट उत्कृष्ट प्रतिभालाई छनौट गरी जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराईने प्रधानाध्यापक देवकोटाले जानकारी गराउनुभयो । यसैगरी नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनले खेलको विकासको लागि खेलकुदका गतिविधि वार्षिक रुपमा मात्र नभै नियमित रुपमा सञ्चालन गर्नु आवश्यक रहेको बताउनुभयो । खेलमा जीत र हारमात्र नभै सिक्ने अवसर प्राप्त हुने उहाँको भनाई थियो ।
शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा नगरपालिका भित्र रहेका सामुदायिक र संस्थागत गरी २० विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका छन् । एथ्लेटिक्स, भलिबल, कबड्डी र मार्सल आर्ट र छात्राहरूको २७ इभेन्टमा प्रतिस्पर्धा हुने नगर शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिनुभयो ।
जिल्ला स्तरीय प्रतियोगिताका लागि छनौट भएका विद्यार्थीलाई मेडल र प्रमाणपत्र द्वारा पुरस्कृत गरिनेछ । विगतमा विजेता विद्यालयलाई नगद, रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिदै आएकोमा यस वर्ष प्रतियोगिताका विजेता विद्यार्थीलाई मात्र पुरस्कृत गरिने काफ्लेले बताउनुभयो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment