रामपुरमा प्लाष्टिकका फूलमाला विक्री वितरण निषेध
असोज २३, पाल्पा ।
पाल्पाको रामपुर नगरपालिकाले प्लास्टिकका माला विक्रि वितरण निषेध गरेको छ ।
योसँगै कृषकले उत्पादन गरेको फूलमाला मात्र प्रयोग गर्न नगरपालिकाको आग्रह छ । प्लास्टिक जन्य फूल तथा मालाले वातावरणीय प्रदुषण बढाउनुका साथै मानव स्वास्थ्यमा समेत प्रतिकुल असर गर्छ । स्थानीय कृषकबाट उत्पादित फूलले बजार नपाउने तथा ठूलो धनराशी बाहिरिने भएकाले प्राकृतिक फूलमाला मात्र प्रयोग गर्न नगरपालिकाले आग्रह गरेको हो ।
नेपालीहरुको महान पर्वहरुको पूर्व सन्ध्यामा एक सूचना जारी गर्दै कृत्रिम फूल तथा माला प्रयोग नगर्न आग्रह गरिएको छ । सूचनामा भनिएको छ, “नेपालीहरुको महान पर्व विजया दशमी, शुभदिपावली, नेपाल संवत छठ पर्वलगाएत बिभिन्न महोत्सव तथा अन्य सभा समारोहमा प्लास्टिकजन्य फूलका गुच्छा, माला लगाएतका सामग्रीको उत्पादन, आयात, विक्री वितरण र भण्डारण नगर्न नगराउनु हुनका लागि सम्बन्धित सम्पूर्णमा जानकारी गराईन्छ ।” साथै सूचना मार्फत नगर क्षेत्र भित्र उत्पादन भैरहेको सयपत्री, गोदावरी र मखमली लगाएतका फूलहरु एवम् सो बाट बनाइएका मालाहरु मात्र प्रयोग गर्न अनुरोध गरिएको छ । नगर कार्यपालिका बैठकले उक्त निर्णय गरेको नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँँणले जानकारी दिनुभयो । दशैं लगतै तिहारलाई लक्षित गरी प्लाष्टिकका फूल तथा मालाहरु आयात गर्दा व्यवसायी समस्यामा पर्न सक्ने भएकाले कार्यपालिकाले समयमै निर्णय गरी जानकारी गराइएको उहाँले उल्लेख गर्नुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितले कार्यापालिकाको निर्णयलाई पूर्ण रुपमा कार्यान्वयन गरिने बताउनुभयो । प्राकृतिक फूलको प्रवद्र्धन र स्वास्थ्यलाई ध्यानमा राख्दै प्लास्टिकजन्य फूल, माला उत्पादन, भण्डारण र बिक्री वितरण नगर्न आग्रह गरिएको नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले बताउनुभयो । बजारमा प्लास्टिकजन्य फूल तथा माला भेटिएमा कानुनी व्यवस्था अनुसार कारबाही समेत गर्ने उप प्रमुख थापाले उल्लेख गर्नुभयो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment