रामपुरमा महिलाहरुलाई सीपमूलक तालिम
वालिङ, ८ पुस ।
पाल्पाको रामपुरमा महिलाहरुलाई सीपमूलक तालिम प्रदान गरिएको छ । रामपुर नगरपालिकाको आर्थिक सहयोगमा वडा नं. १० का महिला दिदीबहिनीहरुलाई बटारे धुप बनाउने ५ दिने तालिम प्रदान गरिएको हो ।
पूजाआजामा प्रयोग हुने र स्थानीयस्तरमा पाईने सुकेका विभिन्न फूलबाट तयार गर्न सकिने बटारे धुप बनाउने सीपसम्बन्धी तालिम दिइएको छ । १० नम्वर वडाको सिर्जना आमा समूहको आयोजना र रामपुर नगरपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।
सोमबार तालिम समापन गर्दै नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले महिला दिदीबहिनीहरुलाई अर्थोपार्जन गरी आत्मनिर्भर बनाउका लागि रामपुर नगरपालिकाले यस्ता सीपमूलक तालिम सञ्चालन गर्दै आएको बताउनुभयो । महिला दिदीबहिनीहरुको माग र आवश्यकता अनुसार समय सुहाउँदो व्यवहारिक कार्यक्रममा जोड दिँदै आएको उपप्रमुख थापाको भनाई छ । उपप्रमुख थापाले महिला दिदिबहिनीहरुको सिक्ने र कमाउने चाहना अनुसार आय आर्जनमूलक तालिमहरु सञ्चालन गर्दै आएको बतानुभयो । तालिमबाट सिकेका सीपको माध्यमबाट उत्पादित बस्तुको बजारीकरणको व्यवस्था उपप्रमुख कोशेली घर मार्फत रामपुर नगरपालिकाले गर्दै आएको उहाँले जानकारी दिनुभयो । साथै उहाँले तालिममा सिकेका सिपको माध्यमबाट उद्यमी बनी आय आर्जन गर्न समेत आग्रह गर्नुभयो ।
धुप खोज्न बजार तथा पसलमा नभई गाउँघरमा आउने वातावरण बनाउने गरी काम गर्न तालिमका प्रशिक्षक मञ्जु अधिकारीको आग्रह छ । तालिममा ६० जना महिला दिदिबहिनीहरुको सहभागिता रहेको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment