pokhara news

रामपुरमा माटो परीक्षण शिविर

मङ्सिर २१, रामपुर
पाल्पाको रामपुरमा शिविर सञ्चालन गरी माटो परीक्षण गरिएको छ । विश्व माटो दिवसको अवसरमा रामपुर नगरपालिकामा माटो परीक्षण शिविर गरिएको हो । ‘माटोको सुधार ः परीक्षण, रेखदेख र उपचार’ भन्ने नाराकासाथ भएको दिवस विशेष परीक्षण शिविर कृषि ज्ञानकेन्द्र तानसेन पाल्पाको आयोजना र रामपुर नगरपालिकाको प्रयोजनमा भएको हो ।
शिविर सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितले माटो परीक्षण पश्चात आएको रिपोर्टको आधारमा उपचारको लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने बताउनुभएको छ । 
कृषि ज्ञानकेन्द्र पाल्पाका निमित्त प्रमुख सन्तोष कुमार चौधरीले रासायनिक मलको असन्तुलित प्रयोग, उपयुक्त सिँचाइ प्रविधिको कम प्रयोग, प्राङ्गारिक मलको न्यून प्रयोग लगायतका कारण माटोको गुणस्तर कमजोर हुँदै गएको बताउनुभयो । पछिल्लो समय धेरै उत्पादन लिने लोभमा रासायनिक मल तथा विषादीको प्रयोग बढ्दै बोट विरुवाका लागि चाहिले तत्वहरु नष्ट हुँदै गैरहेको र माटो उपचारका लागि समय मै परीक्षण आवश्यक रहेको बताउनुभयो ।
शिविरमा विहिबार एकै दिन रामपुर नगरपालिका भित्रका ४० स्थानको माटोको नमुना परीक्षण गरिएको थियो । माटो नमूना परीक्षणको क्रममा पि.एच.मान तटस्थ रहेको पाईएको कृषि ज्ञानकेन्द्र तानसेन पाल्पाका नायव प्राविधिक सहायक रविन बुढाले बताउनुभयो । परीक्षण गरिएको अधिकांश नमुनामा खेतीको लागि आवश्यक नाईट्रोजनको मात्रा रहेको पाईए पनि फस्फोरस र पोटासको मात्रा कम देखिएको छ । ८२ स्थानका नमुना परीक्षण गरिएको र बाँकि रहेको नमूनाको परीक्षण कृषि ज्ञानकेन्द्रको प्रयोशालामा हुने छ । 
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर