रामपुरमा योजना कार्यान्वयन सम्बन्धी अभिमुखिकरण
असोज १२, पाल्पा ।
रामपुर नगरपालिकाले उपभोक्ता समिति र टोल विकास संस्थाहरुलाई अभिमूखिकरण प्रदान गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ मा नगरपालिका भित्र सञ्चालन हुने बिभिन्न योजनाका उपभोक्ता समिति र टोल विकास संस्थाका पदाधिकारीहरुलाई योजना सञ्चालन सम्बन्धी अभिमुखिकरण प्रदान गरिएको हो ।
नगरपालिका भित्र सञ्चालन हुने वडा र नगर स्तरीय योजना कार्यान्वयन सम्बन्धी विभिन्न प्रक्रियाको बारेमा जानकारी सहित १० वटै वडामा अभिमुखिकरण गरेको हो । योजना निर्माणको प्रक्रिया, उपभोक्ता समिति गठन सम्बन्धी व्यवस्था,समितिको काम कर्तव्य र अधिकार, योजना अनुगमनको प्रक्रिया, प्राविधिक पक्ष,सम्झौता र भुक्तानी प्रक्रिया र आवश्यक कागजात लगाएतका विषयमा सहजिकरण गरिएको थियो । यो आर्थिक वर्षका लागि तय गरेका योजना कार्यान्वयनका लागि सहज होस भन्ने उद्देश्यले नगरकापालिकाका सबै वडामा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितले जानकारी गराउनुभयो । अभिमुखिकरण कार्यक्रमको सहजिकरण गर्दै प्रमुख प्रशासकीय अधिकृत पण्डितले नगरको विकासका लागि यो आर्थिक वर्षमा सञ्चालन हुने सबै योजना प्रभावकारी रुपमा कार्यान्वयन गर्न आग्रह समेत गर्नु भएको छ । यस्तै रामपुर नगरपालिकाका आन्तरिक लेखा परीक्षण अधिकृत हृदेश पन्थीले विधि र प्रक्रिया पूरा गरेर योजना सञ्चालन गर्नुपर्ने र योजना सम्पन्न भए पश्चात कुनै समस्या नहुने गरी काम गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
गत भदौ २४ गतेदेखि सञ्चालन गरिएको अभिमुखिकरण कार्यक्रमको सहजिकरण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डित,आलेप अधिकृत हृदेश पन्थी, ईन्जिनियर रञ्जन न्यौपाने,लेखा शाखा प्रमुख सीता न्यौपाने र योजना शाखा प्रमुख विक्रम बस्नेतले गरेका थिए ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment