रामपुरमा लैङ्गिक हिंसा तथा कानूनी सचेतना
वालिङ,२१ मङ्सिर ।
पाल्पाको रामपुरमा लैङ्गिक हिंसा तथा कानूनी सचेतना कार्यक्रम गरिएको छ । एकल महिलाहरुका लागि लैङ्गिक हिंसा तथा कानूनी सचेतना कार्यक्रम शनिबार गरिएको हो । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत नगरपालिका भित्रका एकल महिलाहरुका लागि लैंगिक हिंसा र कानुनी व्यवस्था सम्बन्धी सचेतना प्रदान गरिएको छ ।
कार्यक्रममा समाजमा हुने हिंसा, यसको अवस्था, निम्त्याउन सक्ने दुर्घटना र यसको न्यूनीकरण, कानुनी उपचार लगाएतका विषयमा सहजिकरण गरिएको थियो । सचेतना कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले एकल महिलाहरुलाई सामाजिक रुपबाटै हुने विभिन्न किसिमका हिंसाहरु चुनौतीको रुपमा रहेको बताउनुभयो । यसका लागि हिंसाको कानुनी उपचार खोज्न आवश्यक रहेको उहाँको भनाई थियो । उहाँले आफू एकल भए पनि विभिन्न सीप र उद्यमको माध्यमबाट आत्मनिर्भर बन्न आग्रह गर्नुभयो । यसका लागि रामपुर नगरपालिका संँधै साथमा रहेको नगर प्रमुख थापाले बताउनुभयो ।
यस्तै उपप्रमुख बालकुमारी थापाले एकल महिलाहरुको हक अधिकार र समृद्धिका लागि दिदिबहिनीहरु एक भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले एकल महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि रामपुर नगरपालिकाले नगरस्तरबाटै विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्ने जानकारी गराउनुभयो । साथै सीप विकासका तालिम संँगै सहयोग गर्ने उहाँको भनाई थियो । नगरपालिकाको सभाहलमा भएको कार्यक्रमको सहजिकरण रामपुर नगरपालिका महिला बालबालिका शाखा प्रमुख पूजा परियार र एकद्वार संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन सरस्वती पौडेलले गर्नु भएको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment