रामपुरमा लैङ्गिक हिंसा विरुद्धको अभियान
मङ्सिर ११, पाल्पा ।
पाल्पाको रामपुरमा लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु गरिएको छ । रामपुरमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरिएको हो ।
“हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता” भन्ने अन्तर्राष्ट्रिय नाराकासहित रामपुर नगरपालिकाले अभियान सोमबार देखि शुरु गरेको छ ।
अभियानको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले लैङ्गिक हिंसाको अन्त्यका लागि हरेक व्यक्ति व्यक्तिले गर्ने व्यवहारमा परिवर्तन हुन जरुरी रहेको बताउनुभयो । हिंसा कसैले गर्नु र सहनु दुबै कार्य गर्न नहुने भन्दै हिंसा रहितको समाज निर्माण आजको आवश्यकता रहेको उप प्रमुख थापाले व्यक्त गर्नुभयो । सचेतनाको कमीका कारण समाजमा हिंसा हुने र हिंसारहित नगर निर्माणका लागि सचेतना फैलाउनु पर्ने उहाँको भनाई छ । साथै उहाँले अभियान अन्तरगत आगामी मंसिर २५ गते सम्म विभिन्न कार्यक्रमकासाथ अभियान सम्पन्न गर्ने जानकारी गराउनुभयो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रामबहादुर नेपालीले समाजमा व्याप्त रहेको हरेक हिंसाको अन्त्य गर्नका लागि सचेत र सजग भई लाग्नु पर्ने बताउनुभयो । जस्तोसुकै हिंसाको प्रतिकार गर्नुपर्ने भन्दै सम्बन्धित निकायमा उजुरी गरी कानुनी उपचार गर्नु पर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा सहभागिहरुले महिला तथा बालबालिका विरुद्धको हिंसा कहिल्यै गर्दैनौ, हिंसामा उपेक्षा कहिल्यै गर्दैनौ, हिंसामा कहिल्यै चुप लागेर बस्दैनौ,सबै किसिमको हिंसा न्यूनिकरण गर्न हामी प्रतिबद्ध छौँ, रामपुर नगरपालिका हिंसा रहित नमूना पालिका घोषणा गर्ने अभियानमा लाग्ने प्रतिबद्धता जनाउँदछौ भन्ने प्रतिबद्धता पत्रमा सामुहिक रुपमा हस्ताक्षर गरेका छन् । लैङ्गिक हिंसाको १६ दिने अभियान शुभारम्भको अवसरमा ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाको समन्वयमा रामपुर नगरपालिकाका कर्मचारी ,प्रहरी र रामतुलसी माध्यमिक विद्यालयका विद्यार्थीहरुले प्लेकार्ड सहित वेझाँड बजार परिक्रमा गरेका थिए ।
१६ दिने अभियान अन्तर्गत न्यायीक समितिसंँग प्रहरी साझेदारी, महिला कानुनी अधिकार सम्बन्धी सचेतना ,उपप्रमुख बालिका शिक्षालगाएतका विविध कार्यक्रम गरिने नगरपालिकाले भएको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment