रामपुरमा सम्भाव्यता अध्ययन
मङ्सिर ११, पाल्पा ।
पाल्पाको रामपुरमा सम्भाव्यता अध्ययन गरिएको छ । रामपुर जेसीसले सम्भाव्यता अध्ययन रामपुरमा सोमबार सम्पन्न भएको छ । पाल्पा जेसीसको आयोजनामा रामपुरमा स्थापना हुन लागेको रामपुर जेसीसको आवश्यकता र सम्भाव्यता सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले समग्र समाजको सकारात्मक विकास र युवाहरुको नेतृत्व विकासका लागि जेसीस महत्वपूर्ण प्लेटफर्म रहेको बताउनुभयो । व्यक्तिगत विकास मात्र नभई समग्र समाजको विकासमा लाग्न जेसीस माध्यम भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले जेसीसको माध्यमबाट नगरको समृद्धिमा लाग्नुपर्ने भन्दै जेसीसको महत्व बुझेर लाग्न युवाहरुलाई अनुरोध समेत गर्नुभयो । हरेक तहका सरकारको सुशासनका लागि सकारात्मक रुपमा खबरदारी गर्नुपर्ने जिम्मेवारी युवाहरुको रहेको भन्दै समुन्नत र अनुशासित समाजको आवश्यकता रहेको उप प्रमुख थापाले औँल्याउनुभयो । साथै रामपुरमा स्थापना हुन लागेको रामपुर जेसीससंँग सहकार्य गरेर नगरको विकासमा लाग्ने र स्थानीय सरकार अविभावकको रुपमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै नेपाल जेसिसका राष्ट्रिय उपाध्यक्ष गणेश सापकोटाले युवाहरुको नेतृत्व र व्यक्तित्व विकास संँगै स्थान र युवाले गरेका गतिविधिलाई चिनाउन जेसीसले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । युवाहरुलाई उद्यमी र व्यवसायी बन्न सिकाई समाजको विकास संँगै नेतृत्व गर्न जेसिसले सिकाउने भएकाले जेसीस स्थापना गर्नुपर्ने उहाँको भनाई छ । सापकोटाले झण्डाको राजनीति नभई सबैलाई समान अवसर प्रदान गर्ने युवाहरुको अन्तर्राष्ट्रिय संस्था जेसीस भएको बताउनुभयो । साथै प्रस्तावित रामपुर जेसीसलाई चाँडै नै रामपुर जेसिस बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
कार्यक्रमको उद्देश्य माथि प्रकाश गर्दै पाल्पा जेसीस वर्ष २०२४ का अध्यक्ष अर्जुन कार्कीले व्यक्तित्व , नेतृत्व र उद्यमशिलताको विकासका लागि जेसीस महत्वपूर्ण संस्था रहेको बताउनुभयो । कार्यक्रममा सहभागिलाई स्वागत गर्दै सम्भावित रामपुर जेसीसका अध्यक्ष शंकर बहादुर खाँणले सुशासित र समुन्नत रामपुर बनाउने अभियानका लागि जेसीस स्थापना गर्न लागेको भन्दै संस्थाको विकासका लागि सबैको सहयोगको खाँचो रहेको उल्लेख गर्नुभयो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment