रामपुरमा स्वरोजगार अभिमुखिकरण
पुस ३, पाल्पा ।
पाल्पाको रामपुरमा स्वरोजगार बारे अभिमुखिकरण प्रदान गरिएको छ । रामपुर नगरपालिकाले युवा उद्यमीहरुलाई स्वरोजगार कार्यक्रम बारे अभिमुखिकरण प्रदान गरिएको हो ।
नगरपालिकाद्वारा युवा स्वरोजगार कार्यक्रम अन्तर्गत सञ्चालन गर्दै आएको व्याज अनुदान कार्यक्रमको विषयमा अभिमुखिकरण प्रदान गरिएको छ । चालु आर्थिक वर्षमा व्याज अनुदानका लागि निवेदन दिएका उद्यमीहरुलाई कार्यक्रमको उद्देश्य, मापदण्ड र प्रक्रियाको विषयमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा नगर प्रमुख रमण बहादुर थापाले युवा उद्यमीहरुलाई प्रोत्साहन गर्नका व्याज अनुदान कार्यक्रम देश मै पहिलो पटक रामपुर नगरपालिकाले सुरुवात गरेको बताउनुभयो । पालिकाले सुरु गरेको व्याज अनुदान कार्यक्रम अहिले प्रभावकारी बनेकोसमेत नगर प्रमुख थापाले उल्लेख गर्नुभयो । कतिपय कृषकले अनुदान लिने, अनुदान पाएपछि वीचमै छाड्ने प्रवृत्ति रहेकाले राज्यको लगानी सहि ठाउँमा सदुपयोग होस् भन्ने अवधारणाका रूपमा व्याज अनुदान कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो । आफुले कारोबार गरेको रामपुर नगरभित्रका जुनसुकै वित्तीय संघ संस्थाको खातामा ३÷३ महिनामा नगरपालिकाले व्याज अनुदानका रूपमा रकम भुक्तानी गरिदिने छ । उहाँले नगरपालिकाले युवालाई प्रोत्साहन गर्न २ वर्ष सम्मका लागि व्याज अनुदान दिदै आएको जानकारी दिनुभयो ।
यस आर्थिक वर्षमा छनौट भएका युवा उद्योगीलाई लक्षित गरेर अभिमुखिकरण कार्यक्रम गरिएको हो । केही काम गर्न खोज्ने, चाहना भएका युवा उद्यमीलाई व्यवसायबाट स्वरोजगार र आत्मनिर्भर बनाउन व्याज अनुदान उपलब्ध गराउँदै आएको छ । कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले कार्यक्रममा सहभागी हुनका लागि नगरपालिकाले अवलम्बन गरेको मापदण्ड र प्रक्रियाको विषयमा जानकारी गराउनु भएको थियो । २१ वर्षदेखि ५९ वर्ष सम्मकालाई यस कार्यक्रममा समावेश गरिने उहाँले जानकारी दिनुभयो ।
कृषि तथा पशुपंक्षिको बिमा गर्न बिमा कम्पनीले नमानेको सहभागीले गुनासो गरेका थिए । नगरपालिकाले व्याज अनुदानको चालु अर्थिक वर्षका लागि सूचना आह्वान गरेकोमा ४४ जनाले आवेदन पेश गरेका थिए ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment