रामपुर नगरपालिकाको नीति तथा कार्यक्रम सहित बजेट सार्वजनिक
असार ९, रामपुर
पाल्पाको रामपुर नगरपालिकाले नीति तथा कार्यक्रम सहित आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाले नीति तथा कार्यक्रमसहित आर्थिक वर्ष २०८२÷०८३ को लागि ८२ करोड १८ लाख ६६ हजार ६ सय २१ रुपैयाँको बजेट आइतबार सार्वजनिक गरेको छ । आइतबार भएको नगर सभाको १७ औं अधिवेशनमा आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम सहित बजेट सार्वजनिक गरिएको हो ।
नगरसभामा विनियोजन विधेयक र आर्थिक विधेयक प्रस्तुत गर्दै उपप्रमुख बालकुमारी थापाले ८२ करोड १८ लाख ६६ हजार ६ सय २१ रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्नु भएको थियो । उपप्रमुख थापाले कृषि, उद्योग, पर्यटन क्षेत्रको विकास, गुणस्तरीय पूर्वाधार निर्माण, सामाजिक विकास, रोजगारीलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
प्रस्तुत बजेटमा संघीय समानिकरण अनुदान बाट १२ करोड २२ लाख, संघीय राजस्व बाँडफाँटबाट १० करोड ६३ लाख ९८ हजार ६ सय २१, संघीय समपुरक पुँजीगत ९१ लख संघीय विशेष अनुदान ७५ लाख उल्लेख गरिएको छ । यसैगी संघीय सशर्त चालु तर्फ ३५ करोड ११ लाख, संघीय सशर्त चालु तर्फ २ करोड ८ लाख, प्रदेश समानिकरण अनुदान ८३ लाख २३ हजार, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड २९ लाख ३७ हजार रहेको छ । प्रदेश समपुरक १ करोड २० लाख, प्रदेश ससर्त चालु तर्फ १५ लाख ८ हजार र पूँजीगत तर्फ ३ करोड र आन्तरिक स्रोत अल्या सहित १४ करोड जुटाउने अनुमान गरेको छ ।
यस्तैगरी व्याय तर्फ चालु खर्चमा ६० करोड ५० लाख ५८ हजार २०६ र पूँजिगत खर्च २१ करोड ६८ लाख ८ हजार ४ सय १५ विनियोजन गरेको छ । नगरपालिकाले १० वटै वडालाई समान रुपमा ६०÷६० लाख, नगर स्तरीय योजनाको लागि १ करोड ८५ लाख, पर्यटकीय स्थलको सौन्दर्यकरणका लागि ६७ लाख,सहकार्यमा योजना कार्यान्वयनका लागि ३ करोड ५० लाख, विपद् कोषका लागि ५० लाख, युवा स्वरोजगार कार्यक्रमलाई ५० लाख विनियोजन गरिएको उपप्रमुख थापाले जानकारी दिनुभयो । खेल क्षेत्रको विकासको लागि २ करोड लागत अनुमानको किसानबारी खेल मैदानलाई नगर गौरवको योजना राखी यसै वर्ष सुरु गर्न ५० लाख विनियोजन गरिएको छ ।
नगर सभामा रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले आगामी वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । थापाले नगरवासीको सर्वाङ्गीण विकाससँगै समृद्धि, सुशासन सेवा प्रवाहका साथ तीव्र विकासको सङ्कल्प सहित नीति तथा कार्यक्रम ल्याइएको जानकारी गराउनुभयो । विगतका केही कार्यक्रमलाई निरन्तरतासँगै अन्य थप योजना अघि सारिएको छ । नगरपालिकाले नीति तथा कार्यक्रममा उत्पादन वृद्धिका लागि ‘कृषि उत्पादकत्व वृद्धिः रामपुरको समृद्धि’को नारा अघि सारेको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment