रामपुर नगरपालिकाद्वारा घुम्ती शिविर मार्फत सेवा प्रवाह
फागुन ७, पाल्पा
पाल्पाको रामपुर नगरपालिकाले घुम्ती शिविर मार्फत सेवा प्रदान गरेको छ । नगरपालिकाले एकिकृत घुम्ती शिविर मार्फत वडा नं. ९ मा सेवा प्रदान गरेको छ ।
नगरपालिकाको कार्यालयको पहुँच भन्दा पर रहेका नागरिकहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले घुम्ती शिविर मार्फत सेवा प्रवाह गरिएको हो । नगरपालिकाले स्वास्थ्य परीक्षणसँगै नगरपालिका कार्यालयबाट प्रवाह हुने सेवा सहितको शिविर सञ्चालन गरेको थियो ।
भूगोलका हिसावले टाढा रहेको वडालाई मध्यनजर गर्दै वडा नं. ९ मा घुम्ती शिविर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । नगरबासीको आवश्यकता तथा सेवामा सहजताका लागि शिविर सञ्चालन गरिएको रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितले बताउनुभयो । उहाँले यही फागुन १२ गते वडा नम्बर १ मा पनि शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको जानकारी गराउनुभयो । यस वर्ष नगरपालिका कार्यालयबाट दुरीका हिसाबले टाढा रहेका तीन वडामा शिविर मार्फत सेवा प्रवाह गरिने उहाँले बताउनुभयो । नगरपालिकाका अन्य स्थानमा पनि शिविर सञ्चालन गर्ने योजना रहेको नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले बताउनुभयो । शिविरबाट हिउँदे अधिवेशन बाट बजेट रकमान्तर भएका योजनाको सम्झौता, बैंक खाता खोल्ने, ज्येष्ठ नागरिक परिचयपत्र, अपाङ्ग परिचयपत्र वितरण, पञ्जिकरण सेवा, व्यवसाय दर्ता तथा नविकरणलगायतका सेवा प्रदान गरिएको हो ।
यसैगरी कृषि तथा पशु सेवा र आँखा, कान, घाँटी तथा दन्त परीक्षण सहित स्वस्थ्य परीक्षण सेवा प्रदान गरिएको थियो । आधारभूत स्वास्थ्य केन्द्र जब्गादीको प्राङ्गणमा मङ्गलबार भएको शिविरमा एकै दिन ६ सय १० जनाले सेवा लिएको वडा अध्यक्ष दिल बहादुर रानाले जानकारी दिनुभयो ।
शिविरमा स्वास्थ्य जाँच तथा ल्यावसेवा २ सय १३ जना, आँखा तथा कान जाँच ५ सय २२ जना, दन्त परीक्षण २ सय १५, सामाजिक सुरक्षा भत्ताको बायोम्याट्रिक ३२ जना, बेरोजगार व्यक्ति सुचिकरण सेवा ११ जना, अपाङ्गता तथा जेष्ठ नागरिक परिचयपत्र ११ जना, योजना सम्झौता ७ जना, व्यवसाय नविकरण ८ जना र बैंक खाता खोल्ने १४ जना, पशु सेवा १ सय ४५ र कृषि सेवा १ सय ८ जनाले सेवा लिएका छन् । यसैगरी २५ जना कृषकले माटो परीक्षण गराएका छन् । आँखा परिक्षण गराउनु भएका मध्ये ४ जनामा मोतियाविन्दुको समस्या देखिएको थियो ।
शिविरमा रामपुर अस्पतालको समन्वयमा विशेषज्ञ सहितको स्वास्थ्य जाँच, पाल्पा मेट्रोसिटी अस्पतालको समन्वमा सुगर प्रेसर जाँच र कालीगण्डकी आँखा उपचार केन्द्रको समन्वयमा आँखा तथा कान परिक्षण र आौषधी वितरण गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment