pokhara news

रामपुर नगरपालिकाले १६ औँ अधिवेशन ग¥यो

पुस २६, पाल्पा ।
पाल्पाको रामपुर नगरपालिकाले १६ औं नगर अधिवेशन गरेको छ । 
रामपुर नगरपालिकाको नगर सभाको १६ औँ अधिवेशन  सम्पन्न गरिएको हो । 
विभिन्न योजनाको बजेट रकमान्तर तथा शीर्षकान्तरसहित स्थानीय युवा परिषद् ऐन संशोधन गर्दै नगरसभा सकिएको हो । 
हिउँदे सभाले वडा तथा नगर स्तरीय ४० वटा योजना तथा कार्यक्रमको बजेट ८६ वटा योजनामा रकमान्तर तथा शिर्षकान्तर गरेको छ । सभामा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले प्रस्तुत गर्नु भएको योजनाहरुको रकमान्तर र शिर्षकान्तर प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । नगर सभाका सदस्य तथा विधेयक समितिका संयोजक मिनबहादुर सिंजालीद्वारा प्रस्तुत स्थानीय युवा परिषद् ऐन संशोधन प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । 
नगरसभा सदस्यहरुले उठाएको प्रश्न र प्रस्ताव बारे प्रष्ट पार्दै सभाध्यक्ष एवम् नगर प्रमुख रमणबहादुर थापाले  जनताको चाहना अनुसार स्रोत साधनले भ्याएसम्म विकास र सेवालाई प्राथमिकता दिदै आएको बताउनुभयो । जनप्रतिनिधि र कर्मचारीहरु जनतालाई सहज रुपमा सेवा प्रवाह गर्न कसरी सकिन्छ भन्ने ध्येयकासाथ लागि रहेको उहाँले व्यक्त गर्नुभयो । नगरपालिकाले संघ र प्रदेशसंँग समन्वय गर्दै लागि रहेको नगर प्रमुख थापाको भनाई छ । उहाँले हल्लाको पछि नभै सेवामा प्रतिवद्ध भएर लाग्न अनुरोध गर्नुभयो । 
यसैगरी नगर उपप्रमुख बालकुमारी थापाले वडा स्तरीय र नगर स्तरी ४० वटा योजनाको दुई करोड एक लाख ६५ हजार बजेट ८६ वटा योजना तथा कार्यक्रममा शीर्षकान्तर गरिएको जानकारी दिनुभयो । 
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितले नगरसभाको आब्ह्वान पत्रबारे जानकारी गराउनु भएको थियो । यस्तै नगर सभाको अवसरमा १३ वर्ष उमेर समूहको राष्ट्रिय पुरुष फुटबलमा छनोट भएका विप्लप गुरुङ, पूर्व कर्माचारीलाई सम्मान गरिएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले  छनोट गरेको खेलाडी मध्येमा पर्न सफल गुरुङलाई नगरपालिकाले ५० हजार रुपियाँ रकम सहित सम्मान गरेको हो । नगरपालिकाले करारमा कार्यरत रही यस वर्ष उमेर हदका कारण विदा दिनु भएको कर्मचारी ईन्द्र बहादुर अर्याललाई समेत सम्मान गरेको थियो । नगरपालिकाले स्थापना गरेको कर्मचारी कल्याणकारी कोष मार्फत दुई लाख ९९ हजार १ सय ६० रुपियाँ ९८ पैसा सहित सम्मान गरेको हो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर