रामपुर नगरपालिका बालमैत्री स्थानीय शासन घोषणाको तयारी
वैशाख ८, वालिङ ।
पाल्पाको रामपुर नगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणा गर्न तयारीलाई तिव्रता दिएको छ ।
नगरपालिकाले आगामी २०८३ साल मंसिर ५ गते बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्यका साथ विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्नका लागि अहिले वडा÷वडामा विभिन्न कार्यक्रम भईरहेको छ । वडामा समिति गठन, बाल क्लव गठन, घरधुरी सर्वेक्षण, बालबलिकाको पारिवारिक, आर्थिक र शैक्षिक अवस्था पहिचानका कार्यक्रमहरु गर्दै आइएको छ ।
बालमैत्री स्थानीय शासनका ५१ वटा सुचकका आधारमा वडाहरुमा कार्यक्रम भएको हो । नगरका १० वटै वडामा बालमैत्री स्थानीय शासन वडा समिति गठन गरिसकिएको छ भने वडा नं.२ लाई घोषणाको अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ । वडा नं.२ लाई बालमैत्री स्थानीय शासन घोषणाका लागि गत आर्थिक वर्षबाट विभिन्न कार्यक्रमहरु गरिएको थियो । वडा नं.२ मा बालमैत्री स्थानीय शासन लागू गर्न र आवश्यक सुचक पूरा गर्न विभिन्न कार्यक्रम सम्पन्न गरी वडालाई बालमैत्री स्थानीय शासन घोषणाको अन्तिम चरणमा रहेको छ भने अन्य वडामा पनि सुरु गरिएको छ । बालमैत्री स्थानीय शासन घोषणा कार्यक्रम अन्तर्गत गणकहरुलाई बालमैत्री घरधुरी सर्वेक्षण सम्बन्धी अभिमूखिकरण प्रदान गरिएको छ ।
बालमैत्री स्थानीय शासन घोषणाको पहिलो र महत्वपूर्ण आधार बालबालिकाको अवस्था बुझ्ने घरधुरी सर्वेक्षण भएकोले अभिमुखिकरण प्रदान गरिएको नगरपालिकाका कार्यबहाक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाले जानकारी गराउनुभयो । साथै उहाँले गणकहरुलाई सही तथ्याङ्क सङ्कलन गर्न आग्रह गर्नुभएको छ । उहाँले रामपुर नगरपालिकालाई समृद्ध र प्रभावकारी कार्यान्वयन सहितको बालमैत्री स्थानीय शासन सहितको नगरपालिका बनाउन सबै लाग्नु पर्ने उल्लेख गर्नुभयो । साथै समुचित विकास र समृद्धिका लागि बालमैत्री स्थानीय शासनका सुचक पूरा गरेर बालमैत्री स्थानीय शासन घोषणा गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं.१ का अध्यक्ष कपिल बहादुर खाँणले नगरपालिकाको दिगो विकास र समृद्ध नगर निर्माणका लागि बालबालिका केन्द्रित बालमैत्री कार्यक्रम लागू गर्न आवश्यक रहेको भन्दै बालमैत्री स्थानीय शासन घोषणाले यो लक्ष्य प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सही तथ्याङ्कले मात्र सही नतिजा दिने भन्दै हरेक गाँउ टोलमा रहेका बालबालिकाको वास्तविक अवस्थाको तथ्याङ्क सङ्कलन गर्न गणकहरुलाई अभिमुखिकरण प्रदान गरिएको बताउनुभयो । नगरका सबै वडामा बालमैत्री स्थानीय शासन वडा समिति गठन गरेर अहिले गणकहरुका लागि अभिमुखिकरण प्रदान गरेको र अब क्रमश अन्य विभिन्न कार्यक्रम पनि तिव्रताका साथ सञ्चालन गरिने बालमैत्री स्थानीय शासनका फोकल पर्सन सञ्जु परियारले जानकारी दिनुभयो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment