pokhara news

राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाद्वारा रक्तदान, १ सय ७ युनिट रगत सङ्कलन

स्याङ्जा, साउन ७
राष्ट्रिय युवासंघ नेपाल स्याङ्जाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको ४६ औं स्मृति दिवसका अवसरमा राष्ट्रिय युवासंघ नेपाल स्याङ्जाले सोमबार वालिङमा रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रममा महिला पुरुष गरेर १ सय ७ जना युवाले रक्तदान गरेका छन् ।
२९ पटक रक्तदान गरिसक्नुभएका आँधिखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेललाई तीसौं पटकको रक्तदानका लागि गण्डकी प्रदेश सांसद सीता सुन्दासले 
व्लड प्याकेट हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेश सांसद सुन्दासले दान गरिएको रगतले नयाँ जीवन दिने भएकाले युवा संघले गरेको महत्वपूर्ण र सिर्जनशील कार्य सराहनीय रहेको बताउनुभयो । पुष्पलालले स्थापना गरेको पार्टी आज राज्यको नेतृत्वमा रहेको र उहाँको सम्झनामा युवासंघले रक्तदान जस्तो रचनात्मक कार्यलाई निरन्तरता दिदै आएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।, समाज रुपान्तरणमा युवासंघले भूमिका खेल्ने गरेको उल्लेख गर्दै गण्डकी प्रदेश सांसद सुन्दासले हरेक अफ्ठ्याराहरुमा सक्रीयता देखाउँदै आएको औंल्याउनुभयो । उहाँले राज्यको नेतृत्वमा युवाहरु जान आवश्यक रहेकोमा जोड दिनुभयो ।
रगतको अभावमा कोही छटपटिएर मर्न नपरोस भनेर वार्षिक नियमितरुपमा रक्तदान कार्यक्रम गर्दै आएको संघका अध्यक्ष राजन पोख्रेलले बताउनुभयो । आज जम्मा भएको रगत जिल्लामा आधा रहने र आधा पोखरा पठाइने अध्यक्ष पोख्रेलले बताउनुभयो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर