pokhara news

राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाद्वारा वृहत रक्तदान कार्यक्रम गरिने

स्याङ्जा, साउन ६
राष्ट्रिय युवासंघ नेपाल स्याङ्जाले वालिङमा वृहत रक्तदान कार्यक्रम गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको ४६ औं स्मृति दिवसका अवसरमा राष्ट्रिय युवासंघ नेपाल स्याङ्जाले भोलि सोमबार रक्तदान कार्यक्रम गर्ने भएको हो । 
वालिङलगायत समग्र जिल्लास्थित संघ संस्था एवम् जिल्लावासी सम्पूर्ण महानुभावहरुलाई रक्तदान कार्यक्रममा सहभागिताका लागि युवासंघ स्याङ्जाले अनुरोधसमेत गरेको छ । रगतको अभावमा कोही छटपटिएर मर्न नपरोस भनेर वार्षिक नियमितरुपमा रक्तदान कार्यक्रम गर्दै आएको संघका अध्यक्ष राजन पोख्रेलले बताउनुभयो । रक्तदान जीवन दान हो, यो महान कार्यमा हामी सबै सहभागी हुन आवश्यक छ, युवासंघ स्याङ्जाले भनेको छ ।
कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश सांसद सीता सुन्दास रहनुहुने युवासंघ  स्याङ्जाका अध्यक्ष पाख्रेलले जानकारी गराउनुभयो ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर