राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको देशभर आज एकैदिन वार्षिक साधारणसभा हुँदै
भदौ ८, स्याङ्जा ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आज एकैदिन देशभर वार्षिक साधारणसभा हुँदैछ । प्रतिष्ठानले इतिहासमै पहिलोपटक आज एकैदिन देशभरका शाखाहरुको वार्षिक साधारणसभा गर्ने प्रतिष्ठानकि केन्द्रीय अध्यक्ष रीता थापा मगरले जनाउनुभएको छ । अध्यक्ष थापा मगरले जिल्ला कार्यसमिति तथा सो सरहका कमिटीहरुको गौरवमय वार्षिक साधारणसभा भव्य सफलताको शुभकामनासमेत व्यक्त गर्नुभएको छ ।
श्रद्धेय अग्रजहरुको परिकल्पना र दूरदर्शिताले २०५७ सालमा तदर्थ समिति र २०५८ सालमा वरिष्ठ गायक तथा सर्जक अम्बर विरही गुरुङज्यूको अध्यक्षतामा प्रतिष्ठानको औपचारिक सुरुवात भएदेखि नेपाली लोक तथा दोहारी सङ्गीत क्षेत्रमा आवद्ध हामी सम्पूर्ण कलाकार एकतावद्ध हुँदै आज ४० हजार भन्दा धेरै सदस्यको गौरवमय विशाल परिवार बनेको अध्यक्ष थापा मगरद्वारा जारी पत्रमा उल्लेख गरिएको छ ।
यस साधारणसभाले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको पिल्लरकारुपमा देशैभर रहनुभएका सम्पूर्ण सदस्यज्यूहरुको आवाजलाई थप शसक्त ढङ्गले उजागर गर्ने छ । र उहाँहरु मार्फत प्राप्त सल्लाह सुझावका आधारमा प्रतिष्ठान थप मजवुत जिम्मेवार बन्दै आगामी दिनमा लोक कला, संस्कृति एवम् लोक दोहोरीको श्रीवृत्तिसाथै कलाकारका हकहितमा थप शसक्त ढङ्गले काम गर्ने उर्जा एवम् प्रेरणा प्राप्त हुनेछ भन्ने विश्वास लिएको उहाँले पत्रद्वारा अभिव्यक्त गर्नुभएको छ ।
यसैबीच प्रतिष्ठान स्याङ्जाले जिल्लाकै मध्येभाग वालिङमा आफ्नो २३ औं वार्षिक साधारणसभा गर्ने तयारी भैरहेको जिल्ला कार्य समितिका अध्यक्ष नेत्र खड्काले जानकारी दिनुभएको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment