रेडियो आँधीखोलाद्वारा पत्रकारित तथा उद्घोषण तालिम
मङ्सिर ६, वालिङ ।
स्याङ्जाको वालिङमा रहेको सामुदायिक रेडियो वालिङले पत्रकारिता एवम् उद्घोषण तालिम सञ्चालन गरेको छ । रेडियोले १८औँ वार्षिकोत्सवका अवसरमा आधारभूत पत्रकारिता एवम् उद्घोषण तालिमको सञ्चालन गरेको हो ।
आज र भोलि गरी दुईदिन सञ्चालन हुने तालिमको शुभारम्भ गर्दै रेडियोका संस्थापक अध्यक्ष रेशमलाल कोईरालालले राज्यको चौँथो अङ्ग पत्रकारिता जगतले समाज परिवर्तनका लागि ठूलो भूमिका खेलेको बताउनुभयो । १८औँ वर्षमा आईपुग्दा रेडियोले धेरै आरोह अवरोह पार गरेको र संस्था स्थापनासंँगै यसको निरन्तरता महत्वपूर्ण रहेको संस्थापक अध्यक्ष कोईरालाले उल्लेख गर्नुभयो । तालिममा प्राप्त ज्ञान व्यवहारमा उतारेर व्यक्तित्व विकासमा लाग्न उहाँले सहभागीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा रेडियोका निवर्तमान अध्यक्ष नेत्रप्रसाद पाण्डेले रेडियोलाई अझ उचाईमा पु¥याउन सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । रेडियोले वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमले तालिम लिन चाहनेहरुका लागि राम्रो अवसर प्रदान गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष शान्ता थापाले हरेक वर्गको आवाजलाई ध्वनि तरंग मार्फत संसारभर पु¥याउँदै आइरहेको यस रेडियोलाई आजको दिनसम्म ल्याईपु¥याउन सबै पक्षको भूमिका रहेको बताउनुभयो । ‘अध्यक्ष थापाले भन्नुभयो’, रेडियोलाई १८औँ वर्षसम्म ल्याई पु¥याउन सरोकारवाला सबैको उत्तिकै महत्वपूर्ण भुमिका छ । रेडियोलाई समय अनुसार परिस्कृत र परिमार्जन गर्दै धेरै वर्षसम्म पु¥याउने हाम्रो लक्ष्य हो ।’
विंस.२०६३ सालमा स्थापना भई २०६४ साल मंसिर ६ गतेदेखि प्रसारण शुरु गरेको आँधीखोला एफएम १८औ वर्षमा प्रवेश गरेको हो । आवाज विहिनको आवाज र समाज परिवर्तनका लागि आँधीखोला सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो जिल्लाको मध्य भाग वालिङ ८ घ्याङ्लिङमा अवस्थित छ ।
२५ जनाको सहभागिता रहेको तालिममा रेडियोका स्टेशन म्यानेजर तोलाकान्त बगाले र समाचार प्रमुख कला रानाले सहजीकरण गरेका छन् ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment