रेड अलर्ट’ जारी भएका जिल्लामा सकभर रात्रिबस नचलाउन र यात्रा नगर्न सरकारको
साउन–२२,काठमाडौ
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि रातिसम्म उच्च सतर्कता अपनाउन र सकभर यात्रा नगर्न आग्रह गरेको छ ।
आज विशेष सूचना निकालेर प्राधिकरणले मौसम विज्ञान विभागले ’रेड अलर्ट’ जारी गरेका जिल्लाहरूमा विभिन्न निकायलाई निर्देशन पनि दिएको छ । रातको समयमा यात्रा गर्दा बाटोमा आउन सक्ने बाढी र पहिरोको आकलन गर्न कठिन हुने भएकोले उच्च जोखिम भएका जिल्लामा रात्रिकालीन बस नचलाउने व्यवस्था मिलाउन प्राधिकरणले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
यस्तै ठूलो पानी पर्ने अवधिभरि अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, नदी किनार र पहिरोको जोखिममा बसेका बासिन्दालाई चनाखो रहन तथा सुरक्षा निकाय, एम्बुलेन्सलगायतका जरुरी टेलिफोन नम्बरहरू राख्न र आपत् परे तुरुन्तै फोन गर्न तथा दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजान प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ ।
यस्तै ठूलो पानी पर्ने जिल्लामा विपद्को जोखिममा रहेका मानिसहरूलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिले समन्वय गरी तत्काल सुरक्षित आश्रयस्थलमा सार्ने व्यवस्था मिलाउन प्राधिकरणले निर्देशन दिएको छ ।
यस्तै ठूलो वर्षा हुने प्रक्षेपण गरिएका जिल्लाहरूमा जुनसुकै बेला विपद् आउन सक्ने हुनाले खोज तथा उद्धारका लागि तीन वटै सुरक्षा निकाय तयारी अवस्थामा रहन पनि प्राधिकरणको निर्देशन छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment