रोटरी क्लव अफ वालिङको १० औं पदस्थापन, साथमा वृक्षारोपण
साउन १०, वालिङ ।
रोटरी क्लव अफ वालिङको १० औं पदस्थापन भएको छ । आज शनिबार रोटरी क्लव अफ वालिङको विशेष कार्यक्रमका बीच १० औं पदस्थापन कार्यक्रम सम्पन्न गरिएको हो । पदस्थापनसँगै क्लवका एशिष्टेण्ट गभर्नर रोमकान्त बरालले वर्ष २०२५÷०२६ वालिङका नवनिर्वाचित अध्यक्ष चुरामणी सुवेदीलाई सपथ ग्रहण गराउनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै वालिङ नगर उप प्रमुख कविता तिवारी गैह्रेले रोटरी क्लवले अपेक्षा गरे अनुसार सहयोग गर्न नगरपालिका तत्पर रहेको बताउनुभयो । नगर उपप्रमुख गैह्रेले सामाजिक सेवामा समर्पित रोटरी क्लव अफ वालिङले कार्यक्रम लिएर आएको खण्डमा अपेक्षा गरे अनुसार सहयोग गर्न नगरपालिका तत्पर रहेको प्रतिवद्धता व्यक्त गर्नुभएको हो । यसकासाथै क्लवले अपाङ्गसँग लक्षित कार्यक्रम गर्ने योजना अत्यन्त राम्रो रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले आफूपनि अपाङ्गको संयोजक पनि भएको नाताले पनि यो कार्यक्रमका लागि के आवश्यक पर्छ, नगरपालिकाको साथ रहने व्यक्त गर्नुभयो । रोटरी, लायन्स र जेसिज क्लवहरु समानान्तररुपमा अगाडि बढेको उहाँको भनाई छ । यसकासाथै रोटरी क्लव भद्र, शिष्ट र अनुशासित रहेको र सामाजिक सेवामा अनुकरणीय कार्य गर्दै आएको क्लव भएको नगर उपप्रमुख गैह्रेले औंल्याउनुभयो ।
क्लवले आफ्नो कार्यकालको पूर्व सन्ध्यामा आज विहान वृक्षारोपण गरेर कार्य प्रारम्भ गरेको छ । क्लवले जिल्लाकै प्रसिद्ध धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल गह्रौंसुरको चण्डिथानमा विभिन्न प्रजातिका बिरुवा सामुहिकरुपमा रोपण गरिएको थियो । वृक्षारोपण कार्यक्रममा क्लवका निवर्तमान तथा पूर्व अध्यक्षहरु, नवनिर्वाचित समिति र सदस्यहरुको सहभागिता रहेको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment