pokhara news

लगातारको वर्षाका कारण स्याङ्जामा दुई गोठ भत्किँदा पशुचौपायमा क्षति, ग्रामिण सडक अवरुद्ध

असोज १२, वालिङ ।
लगातारको वर्षाका कारण स्याङ्जामा दुई गोठ भत्किँदा पशुचौपाय मरेका छन् । वालिङ ११ तल्लो पेखु र गल्याङ ६ को पँधेरामा गोठ भत्किँदा भैँसी तथा बाख्रा र कुखुरा मरेका छन् । वालिङ वालिङ ११ तल्लो पेखु कागती भञ्ज्याङमा २ बाख्रा मरेका छन् । लक्ष्मण ढुङ्गानाको ढुङ्गा माटोले बनेको गोठ भत्किँदा उक्त क्षति भएको हो । त्यस्तै गल्याङको पँधेरामा तुल्सीदेवि थापाको ढुङ्गा माटोले बनाएको गोठ र बाख्राको खोर भत्किँदा एक भैँसी, दुई बाख्रा र १५ कुखुरा मरेका छन् ।
यसैगरी फेदीखोला गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार फेदीखोला गाउँपालिका –४ देउराली बस्ने ५८ वर्षीय भरत बहादुर विक सोही गाउँपालिका–४ ध्यामरूङ खोलामा शनिबार मृत अवस्थामा फेला परेका हुन् । विकको शवलाई पोष्टमार्टम गरी परिवारले जिम्मा लिएका छन् । खहरे खोला तर्न खोस्दा बगाएको हुनसक्ने प्रहरीको अनुमान छ । विकको सब ध्यामरुङ खोलाको बीच भागमा भेटिएको थियो ।
यस्तै सिद्धार्थ राजमार्ग अन्तर्गत गल्याङको मालुंगामा गएराति खसेको पहिरो पन्छाएपछि एकतर्फी बाटो खुलेको छ । फेरि पनि पहिरो खस्न सक्ने भएकाले भोलि आईतबारदेखि सडक पूर्ण सफागरी दुईतर्फी बनाईने प्रहरीले जनाएको छ ।
वालिङ हुवास सडक खण्ड एक तर्फी सञ्चालनमा आएको छ । निरन्तरको वर्षाका कारण वालिङ ९ को नाकेडाँडामा खसेको पहिरो हटाईएपछि एकतर्फी सञ्चालनमा ल्याईएको हो । पहिरोसंँगै खसेको ठुलो ढुङ्गा पन्छाईए पनि दुवैतर्फ सञ्चालनमा आउने वडा नं. ९ का अध्यक्ष शेरबहादुर श्रेष्ठ अमृतले बताउनुभयो । नाकेडाँडा पहिरोग्रस्त क्षेत्र हो । यो वर्ष मात्रै ४ पटक पहिरो झरिसकेको छ । त्यस्तै भुम्रे, राउतडाँडा, पेखु, कोखे ग्रामिण सडक पनि एकतर्फी सञ्चालनमा आएको छ । राउतडाँडामा झरेको पहिरो हटाईएपछि सडक एकतर्फी खुलाईएको हो ।
त्यस्तै यता वालिङ लखने बाहुनथान सडकखण्ड अन्तर्गत लखनेको पहिरो पनि पन्छाईएको छ । पहिरो पन्छाएपछि एकतर्फी रुपमा सडक खुलेको वडा नं. ११ का अध्यक्ष डण्डपानी पंगेनीले बताउनुभयो । वालिङ, बगरेबजार सडकखण्डको भगभकाको पहिरो र अमल,े मैदान सडक खण्ड अन्तर्गत गाजने र टापुभञ्याङको पहिरो पनि पन्छाईएपछि सवारी आवातजावतमा सहज भएको छ । मुख्य सडक तत्काल खुलाईएको भन्दै अन्य सहायक सडकहरुमा गएको पहिरो आईतबारदेखि खुलाईने अध्यक्ष पंगेनीले बताउनुभयो । त्यस्तै वालिङ मिर्दी जगतभञ्याङ सडकखण्डको लसुनेमा पहिरो पन्छाईएपछि  एकतर्फी सडक खुलाईएको छ । त्यस्तै वालिङ ४ भोर्ले सल्लाघारी देखि झरेको पहिरोले वालिङ ४ च्यारे र चापाकोट ४ लग्दा देखि दुम्सिखोला जगत   सडक खण्ड अवरुद्द भएको छ ।
निरन्तरको वर्षाका कारण ग्रामिण सडकखण्डहरुमा पहिरो झरेका छन् । चाडपर्व शुरु भएपछि एकचरणमा विभिन्न वडाहरुले सडक सफाई गरेका थिए । 
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर