pokhara news

लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम

कात्तिक ८, वालिङ ।
स्याङ्जाको वालिङमा लगानी कर्ता शिक्षा तथा सचेतन अभिवृद्धि कार्यक्रम गरिएको छ । नेपाल धितोपत्र बोर्डले यही कात्तिक ६ देखि १२ गतेसम्म विविध कार्यक्रम गरी विश्व लगानीकर्ता सप्ताह २०२४ मनाइरहेको छ । 
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल धितोपत्र बोर्डको समझदारी अनुसार नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी र वालिङ उद्योग वाणिज्य संघको सहकार्यमा विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा लगानी कर्ता शिक्षा तथा सचेतन अभिवृद्धि कार्यक्रम गरिएको हो ।
कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका सल्लाहकार तथा निर्वतमान नगरप्रमुख दिलिपप्रताप खांणले सेयर बजारमा प्राथमिक बजार र दोस्रो बजारमा सेयर कारोबार हुने भएकाले सामान्य रुपमा आईपिओ मार्फत पनि सेयर कारोबार गर्न सकिने बताउनुभयो ।
त्यस्तै धितोपत्र बोर्डको ज्ञान राम्ररी लिएर दोस्रो बजारमा सेयर कारोबार गर्दा फाईदा र चुनौती दुवै रहेको उल्लेख गर्नुभयो । उहाँले सचेतना कार्यक्रमबाट शेयर लगानी कर्ताहरुलाई थप उर्जा मिल्ने विश्वास व्यक्त गर्नुभयो । लगानी गर्दा थप जानकारीे हुनुपर्ने र दोस्रो व्यक्तिले फाईदा लियो भन्दैमा कुनै जानकारी बिना शेयर बजारमा प्रवेश गर्दा घाटा समेत बेहोर्नुपर्ने भन्दै सचेत हुनुपर्ने संघका सल्लाहकार खांँणको भनाई छ । 
कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघसंगको सहकार्यमा सेयर बजारको बारेमा जानकारी दिन पाउँदा खुसी लागेको भन्दै कार्यक्रमको विषयमा नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक तेजप्रसाद देवकोटाले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा मियो सेक्युरिटिजका कार्यकारी प्रमुख सुमन मल्लले स्टक मार्केट,, सेयर बजार प्रवेश, नेप्सेलगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो भने नेपाल धितोपत्र बोर्ड निर्देशक रञ्जना थकलभट्टले लगानीको निर्णय गर्दा ध्यान दिनुपर्ने कुराहरु, धितोपत्र, प्राथामिक बजार, धितोपत्रको दोस्रो बजार मूल्यमा प्रभाव पार्ने तत्व, विवेकशील लगानीकर्ता कसरी हुने, सेयरधनीको हकअधिकार, धितोपत्र सम्बन्धी कसुरलगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा व्यापारी, व्यवसायी, बैंक तथा वित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर