pokhara news

लागू औषध तथा कुलतको अन्त्यका लागि सचेतना

चैत १८, वालिङ ।
स्याङ्जाको वालिङमा लागू औषध तथा कुलतको अन्त्यका लागि सचेतना तथा परामर्शमुलक कार्यक्रम गरिएको छ । 
सामाजिक विकास कार्यालय स्याङ्जाको सहयोगमा जीवन बाटिका नेपाल स्याङ्जा र लियो क्लब अफ वालिङ सिटिले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा वालिङ नगरपालिका प्रमुख कृष्ण खांँणले लागू औषधको नियन्त्रणका लागि यस्ता सचेतनामूलक कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । लागूपदार्थ दुव्र्यसनीका बेफाईदा तथा समस्याका बारेमा अभिभावक तथा युवापुस्ता सबैले बुझ्न आवश्यक रहेको बताउनुभयो । प्रमुख खांणले भन्नुभयो, “पछिल्लो तथ्यांक हेर्ने हो भने विश्वमा वार्षिक २१ लाख मानिस दुव्र्यसनीका कारण ज्यान गुमाएका छन् ।
विशेषगरी २५ देखि २९ वर्षभित्रका युवायुवतीहरु कुलतबाट प्रभावित हुने गरेको देखिएको छ ।” पारिवारिक, सामाजिक, आर्थिक तथा कानूनी हिसाबले यो दुव्र्यसनी विश्वको ठूलो चुनौती बनिरहेको अवस्थामा नियन्त्रणमा लिएर कारबाही भन्दा मनदेखि आएको सकरात्मक सोँचले ठुलो सहयोग पुग्ने प्रमुख खाँंणको भनाई छ । कार्यक्रममा नगरपालिका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष पदमराज गुरुङले यस्ता कार्यक्रम हरेक मावि स्तरका विद्यालयहरुमा गर्न आवश्यक रहेको बताउनुभयो । नयाँ पिँडीलाई सामाजिक, राजनीतिक र आर्थिक सचेतनाको विकास गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । 
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर