वालिङका दुई सहकारी सम्मानित
साउन–१९,स्याङ्जा ।
स्याङ्जाको वालिङमा रहेका दुई सहकारी सम्मानित भएका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडको पोखरामा आज शनिबार आयोजित वार्षिक साधारणसभाको अवसरमा वालिङमा रहेका दुई सहकारी सम्मानित तथा प्रशंसित भएका हुन् । राष्ट्रिय सहकारी बैंकको २०औँ वार्षिक साधारणसभाको अवसरमा आयोजित सहकारीको वर्तमान अवस्था र भावी कार्यदिशा विषयक प्रदेशस्तरीय गोष्ठी तथा सदस्य सम्मान कार्यक्रममा वालिङका उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड र महालक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सम्मानित एवम् प्रशंसित भएका हुन् ।
राष्ट्रिय सहकारी वालिङ शाखाका सदस्यहरु मध्ये उपकार र महालक्ष्मी सम्मानित भएका हुन् । कार्यक्रमका अवसरमा सम्मानको लागि गरिएको घोषणा अनुसार आर्थिक वर्ष २०७९–०८० मा बैंकको वालिङ शाखा कार्यालयसंँग सदस्य सहकारी संस्थाले गरेको कारोबारको आधारमा शाखा स्तरीय उत्कृष्ट कारोबार विधामा वालिङ ८ मा प्रधान कार्यालय रहेको उपकार बचत तथा ऋण सहाकारी संस्था र नियमित कारोबार विधामा महालक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था वालिङ ८ डुम्रीकोट सम्मानित गरिएको हो । संस्थाले उत्कृष्ट कारोबारको विधामा राष्ट्रिय सहकारी बैंकबाट सम्मानित हुँदा सहकारीलाई थप अगाडि बढ्न पे्ररणा मिलेको उपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष यमकान्त खनालले बताउनुभयो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment