pokhara news

वालिङका महिलालाई बीउ पाठी

वालिङ माघ २६ गते  
स्याङ्जाको वालिङ नगरपालिका–५ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी वितरण गरिएको छ । स्थानीय दिप्का बडहरे स्वावलम्वी महिला समूहका सदस्यहरुलाई बीउ पाठी तथा बीउ बोका वितरण गरिएको हो । 
आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तरगत “भोकालाई एक छाक भोजन होईन , जिउने जुक्ति सिकाऔँ” भन्ने मूल नाराकासाथ वालिङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भईरहेको वालिङ कृषि विकास परियोजना अन्तरगत बीउका रुपमा पाठापाठी वितरण गरिएको हो । 
कार्यक्रममा ५ नम्वर वडा अध्यक्ष छबी आलेले महिलाहरुलाई उत्पादनमा जोड्नका लागि कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । वडाको सहकार्यमा परियोजना मार्फत विभिन्न कार्यक्रम भईरहेको भन्दै वडा अध्यक्ष आलेले महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउन सवैको सक्रियता आवश्यक रहने बताउनु भयो । 
कार्यक्रममा पूर्ब वडा अध्यक्ष ढाकाराम पंगेनीले सामान्य घरायसी खर्च आफैले जुटाउनु पर्ने बताउनु भयो । समूहमा आवद्ध भएर काम गर्दा सहज हुने भन्दै भविष्यका लागि बचत गर्न समेत सुझाव दिनुभयो । 
कार्यक्रम अन्तरगत दिप्का बडहरे महिला स्वावलम्वी  समूहका १७ जना सदस्यहरुलाई पाठापाठी वितरण गरिएको परियोजना संयोजक राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो । 
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर