वालिङका २० विद्यालयमा रुम टु रिडको कार्यक्रम थपियो
वैशाख ६, वालिङ ।
वालिङ २० वटा विद्यालयमा रुम टु रिडको कार्यक्रम थपिएको छ । रुम टु रिडको कार्यक्रम प्रभावकारी भएपछि वालिङ नगरका २० वटा विद्यालयमा थप गरिएको हो ।
प्राविधिक सहयोग , वालिङ नगरपालिकाको आर्थिक सहयोग र सूर्योदय क्लव व्यवस्थापनमा संचालित साक्षरता कार्यक्रम प्रभावकारी भएपछि वालिङ नगरले २० वटा सामुदायिक विद्यालयमा कार्यक्रम थप गरेको छ । शुक्रबार नगरपालिका र रुम टु रिड वीच २० सामुदायिक विद्यालयमा यो कार्यक्रम थप गरिएको हो । विद्यार्थीमा सकारात्मक नतिजा आएको देखिएकाले २० सामुदायिक विद्यालयमा यो कार्यक्रम थप गरिएको वालिङ नगर प्रमुख कृष्ण खाँणले जानकारी गराउनुभयो । ६६ वटा सामुदायिक विद्यालय मध्ये ४० वटामा यो कार्यक्रम लागू गर्नेसमेत नगर प्रमुख खाँणले बताउनुयो ।
उहाँले भन्नुभयो, “विद्यार्थीमा सकारात्मक नतिजा आएको देख्यौँ, हाम्रो ६६ वटा सामुदायिक विद्यालय मध्ये ४० वटामा यो कार्यक्रम लागू गर्दै छौँ । पछिल्लो ३ वर्ष यता हाम्रो मूल्याङ्कन अनुसार विद्यार्थीको अध्ययन सीप , पढ्ने बानी र सिकाई स्तरमा सुधार आएको पायौँ । आगामी दिनमा सवै विद्यालयमा यो कार्यक्रम लागू गर्छाैं ।”
कक्षा १ देखि ५ सम्म गत वर्ष १ हजार २ सय २८ जनामा यो विधि अवलम्बन गरिएको थियो । नेपाली भाषा बोल्न र पढ्न अफ्ठेरो महशुस गर्ने विद्यार्थी सजिलै पढ्न सक्ने भएका छन्, रुम टु रिडका कार्यक्रम संयोजक टेक बहादुर ढेंगाले बताउनुभयो ।
साक्षरताका कार्यक्रम अन्तर्गत कक्षा १,२ र ३ मा नेपाली भाषाको पठन सीप विकास र कक्षा ३ देखि ५ का विद्यार्थीलाई पुस्तकालयको माध्यमबाट पढ्ने बानीको विकास गराई स्वतन्त्र तथा आत्मनिर्भर पाठक बनाउने कार्यक्रमको उद्धेश्य रहेको ढेंगाको भनाई छ ।
रुम टु रिडको नयाँ रणनीति अनुसार निश्चित विद्यालयमा नमुना प्रदर्शन गरी स्थानीय सरकारसँग साझेदारी गर्दै बढी बालबालिका समेट्ने प्रयास गरिएको बरिष्ठ फिल्ड कार्यक्रम व्यवस्थापक खड्ग बहादुर कुँवरले बताउनुभयो ।
स्याङजा जिल्लाभर रुम टु रिडले सन् २००२ देखि २०१२ सम्म ७९ सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गरेर कार्यक्रम सुरु गरेको थियो ।
सन् २०१८ देखि २०२१ सम्म ५५ वटा विद्यालयमा पठन सीप विकास साक्षरताका कार्यक्रम सञ्चालन गरेको थियो ।
सन् २०२२ यता स्याङ्जा जिल्ला भित्र ८ वटा स्थानीय तहको सहकार्यमा ४ सय ५० विद्यालयमा साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ ।
वालिङ नगरपालिका भित्र २० विद्यालयमा कार्यक्रम थप भएसँगै ग्रामीण क्षेत्रका विद्यार्थीहरूमा पनि गुणस्तरीय पठन पाठनको पहुँचमा आउने अपेक्षा गरिएको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment