pokhara news

वालिङबाट स्कुटर भेटियो, चोरी गर्ने १ (एक) जना पक्राउ

                                                         फोटो फाईल
साउन २३, वालिङ ।
स्याङ्जाको वालिङबाट हराएको स्कुटर भेटिएको छ । स्कुटर र मोवाइल चोरी गर्ने एकजना पक्राउ परेका छन् । यही साउन २० गते वालिङ ८ को डुम्रिबोटबाट हराएको स्कुटर चोरी गर्ने एकजना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रहरीका अनुसार २० गते राती अन्दाजी साढे १ बजेको समयमा वालिङ ८ को डुम्रिबोटबाट ग ११ प ६०२५ नम्बरको होण्डा कम्पनीको डियो स्कुटर हराएको थियो । वडा प्रहरी कार्यालय वालिङमा स्कुटर हराएको सूचना गरिएको आधारमा खोजी गर्दा पर्वतको बिहादी गाउँपालिका ३ रातमाटाका राजकुमार परियारलाई वालिङ १० को गाहाखोलाबाट आज पक्राउ गरिएको हो ।
पक्राउ परेका परियारले चोरी गरेको स्कुटर वालिङ १४ को फूलबारीमा लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो । स्कुटरको साथमा रेडमी कम्पनीको २ र रियलमि कम्पनीको १ गरी ३ थान मोवाइलसमेत बरामद गरिएको छ । पक्राउ परेका परियारलाई आवश्यक कानुनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर