वालिङमा अचार बनाउने तालिम
माघ ५, वालिङ ।
स्याङ्जाको वालिङमा अचार बनाउने तालिम सञ्चालन गरिएको छ । पर्यटन तथा उद्योग मन्त्रालय स्याङ्जाको आयोजना र स्वाभिमान कृषक समूह वालिङ १३ को समन्वयमा अचार बनाउने ५ दिने तालिम आजदेखि सुरु गरिएको हो ।वालिङ १३ को पाठखोलामा सञ्चालन गरिएको तालिमको शुभारम्भ गर्दै वालिङ नगर प्रमुख कृष्ण खाँणले किसानहरुको पक्षमा नगरपालिकाले कामको थालनी गरिसकेको बताउनुभयो । किसानहरुको लागि केही गर्ने हुटहुटी भएको उल्लेख गर्दै नगर प्रमुख खाँणले अबको बाँकि समयको उपयोग गर्दै कृषकहरुमा हँसिलोपना ल्याउनेगरी काम गर्ने चाहना भएको बताउनुभयो । यो साढे दुईवर्षमा कृषि र किसानको पक्षमा केही न केही परिणाम दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । यसका लागि सुरुवात भैसकेको उल्लेख गर्दै उहाँले नगरपालिकासँग भएको साधन र स्रोतलाई न्यायोचित तरिकाले परिचालन गरेर उत्पादनमा जोड दिइएको बताउनुभयो । यसका लागि गाई खरिदमा ५० प्रतिशत अनुदानको सुरुवात भैसकेको छ भने कृषि प्रवद्र्धन गर्न भनेर मुक्तिनाथ विकास व्याङ्कसँग नगरपालिकाले सम्झौता (एमओई) गरिसकेको उहाँले जानकारी गराउनुभयो ।
वालिङ नगरभित्र रहेका कृषक समूहको छुट्टै खालको विशेषता रहेको छ । यो छुट्टै खालको विशेषता रहेको कृषक समूहमध्ये स्वाभिमान कृषक समूह पनि एक भएको भन्दै उहाँले तालिममा सहभागी आमा समूहलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो । सहभागीहरुले तालिम लिएपछि व्यवसायी बनेर उत्पादन गरेका सामानको बजारीकरणको जिम्मा नगरपालिकाले लिनेसमेत नगर प्रमुख खाँणले व्यक्त गर्नुभयो । उहाँले आफूपनि कृषक भएकाले कृषकका वेदना बुझेको र किसानहरुको हित कसरी हुन्छ भन्नेमा आफू जानकार रहेको बताउनुभयो । वालिङ नगरपालिकाको १४ वटै वडामा यसैगरी क्रियाशील कृषक समूह बनाउने चाहना रहेकोसमेत उहाँको भनाई छ ।
२५ जनाको सहभागिता रहेको तालिममा करिव २० प्रकारका अचार बनाउने तरिकाको सिकाइ गराइने आयोजकले जनाएको छ । यही माघ ९ गतेसम्म सञ्चालन हुने तालिमको सहजिकरण चन्द्रकला रानाले गर्नुभएको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment