pokhara news

वालिङमा आत्मरक्षासम्बन्धी कार्यक्रम

जेठ ४, वालिङ ।
स्याङ्जाको वालिङमा बालिका तथा किशोरीहरुलाई आत्मरक्षासम्बन्धी तालिम सञ्चालन गरिएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना र वालिङ नगरपालिकाको समन्वयमा तालिम सञ्चालन गरिएको हो । 
आत्मविश्वासयुक्त बालिका र किशोरी लैङ्गिक हिंसा र विभेदको अन्त्य, समता र समानतासहितको न्यायपूर्ण समुन्नत समाजको निर्माण भन्ने मूल नारासहित तालिम सञ्चालन गरिएको हो ।
हिजो र आज गरी दुई दिनसम्म सञ्चालन हुने तालिमको शुभारम्भ गर्दै गण्डकी प्रदेश सभा सदस्य कल्पना तिवारीले आत्मरक्षा तालिम निकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले नेपाली समुदायको पुरातन परम्पराले दिदिबहिनीहरुलाई साँघुरो घेरामा राखेको र यस्ता किसिमका तालिमले त्यस्ता घेरालाई तोड्न सहयोग गर्ने उल्लेख गर्नुभयो । वर्तमान परिप्रेक्षमा संघीय लोकतान्त्रिक गणतन्त्र लागू भएपछिको समयमा महिलाहरुलाई विभिन्न क्षेत्रमा आरक्षणहरु प्रदान गरेको छ । त्यस्ता आरक्षणले महिलाहरुलाई राज्यका नीति निर्माणदेखि विकास तथा समाज रुपान्तरणमा सहभागी हुने अवसर प्रदान गरेको गण्डकी प्रदेश सांसद तिवारीले व्यक्त गर्नुभयो । सामाजिक विकास मन्त्रालयले बालबालिका तथा महिलाहरुको क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको भन्दै यस्ता तालिमहरुले बालिकालाई थप शसक्त बनाउँनको लागि सहयोग गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा वालिङ नगर उपप्रमुख कविता तिवारी, सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेल, अकला आवाज मिडिया प्रालिका अध्यक्ष प्रकाश डुम्रेले बालिका तथा किशोरीहरुकालागि आत्मरक्षासम्बन्धी तालिम निक्कै उपयोगी रहेको धारणा राखेका थिए । तालिमबाट सिकेका सीपलाई आ–आफ्नो विद्यालयमा फर्केर अन्य सहकर्मीहरुलाई पनि सिकाउनुपर्नेमा उनीहरुले आग्रह गरे ।
तालिममा वालिङ नगरपालिका भित्रका मावि तहका प्रत्येक विद्यालयबाट २ जनाका दरले ३८ जनाको सहभागिता रहेको छ । अकला आवाज मिडिया प्रालिले सहकार्यमा भएको हो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर