वालिङमा कविता वाचन तथा चित्रकला प्रतियोगिता
जेठ १५, वालिङ ।
स्याङ्जाको वालिङमा कविता वाचन तथा चित्रकला प्रतियोगिता गरिएको छ । गणतन्त्र दिवस २०८२ को अवसरमा भेषजराज साहित्य प्रतिष्ठानले वालिङ नगरपालिकाव्यापी कविता वाचन तथा चित्रकला प्रतियोगिता आज आयोजना गरेको हो । कार्यक्रममा प्रतिष्ठानद्वारा आफ्नो नियमित रचनावाचनको ८५ औं शृङ्खलासमेत समावेश गरिएको थियो ।
प्रातियोगितामा वालिङ नगरभित्रका १७ विद्यालयले सहभागिता जनाएका थिए । यस अन्तर्गत कविता वाचनमा १५ र चित्रकला प्रतियोगितामा १६ विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । कविता वाचनमा जनसेवा मावि वालिङ १४ का आशिका कनौजे प्रथम भएकि छन् । प्रतियोगितामा पाइनिअज अङ्ग्रेजी आवासीय मावि वालिङ १० का जीविका गैह्रे द्वितीय र राष्ट्रिय मावि वालिङ ६ का निशा चौवेले तृतीय स्थान हासिल गरेका छन् । पिसजोन इन्टिग्रेटेड मावि वालिङ ९ का मुना रसाइली र जीवनज्योति अङ्ग्रेजी आवासीय मावि वालिङ १३ थानपाटाका दिपिका बराल सान्त्वना भएका छन् ।
यसैगरी चित्रकला प्रतियोगितामा साइनभिलेज बोर्डिङ स्कुल वालिङ ८ का सोफिया खड्का, पूर्णामृत भवानी मावि वालिङ १० का सन्तोष पंगेनी र पिसजोन इन्टिग्रेटेड वालिङ ९ का डुमिन श्रेष्ठले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गरेका छन् । चित्रकलामा भूपू सैनिक अङ्ग्रेजी आवासीय मावि वालिङ ८ का आयुश थापा र जनसेवा मावि वालिङ १४ का रोशनी डुम्रे सान्त्वना भएका छन् ।
दुबै प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हाँसिल गर्नेहरुलाई क्रमशः ४ हजार, २ हजार ५ सय, १ हजार ५ सय र सान्त्वना स्थानका लागि ५÷५ सय नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।
कार्यक्रममा पुरस्कार वितरण गर्दै वालिङ नगर उपप्रमुख कविता तिवारी गैह्रेले प्रतिष्ठानले पालिकाको कार्यक्रममा एउटा ईंट्टा थप्ने काम गरेको बताउनुभयो । उहाँले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटनसँगै उनीहरुलाई लागि थप प्रोत्साहित गर्न टेवा मिल्ने बताउनुभयो । यसकासाथै यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै नगर उपप्रमुख गैह्रेले नगरपालिकाले आगामी कार्यक्रमहरुमा साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नगरस्तरीय प्रतिष्ठान गठन गर्नसमेत उहाँले अनुरोध गर्नुभयो । कार्यक्रम मार्फत आँफूलाई पढाएको गुरु स्वर्गीय भेषजराज शर्माको स्मरण गर्ने अवसर प्रदान गरेकोमा आयोजकलाई धन्यवादसहित आभार व्यक्त गर्नुभयो ।
नगरपालिकाव्यापी कविता वाचन तथा चित्रकला प्रतियोगिता नगरपालिकाको आर्थिक सहयोगमा गरिएको हो । कार्यक्रममा प्रतिष्ठानको ८५ औं शृङ्खला अन्तर्गत रचनावाचनकोसाथमा विद्यार्थीहरुबाट अप्रतियोगीकारुमासमेत कविता वाचन गरिएको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment