pokhara news

वालिङमा कृषि विकास सम्वन्धी अन्तरक्रिया तथा छलफल

वलिङ २६, कात्तिक
स्याङ्जाको वालिङमा कृषि विकास सम्वन्धी अन्तरक्रिया एवम् छलफल गरिएको छ । विषय बिज्ञ, जिल्लास्थित कृषि तथा पशुसेवा कार्यालय, वालिङ, भीरकोट र गल्याङका विषयगत कर्मचारीहरु र पत्रकारका बीच कृषि विकास सम्वन्धी अन्तरक्रिया एवम् छलफल गरिएको हो । 
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराइले कृषि र कृषकलाई हेर्नेे सोचमा परिवर्तन गर्नु पर्नेमा जोड दिनुभयो । साना किसान र महिलाहरुलाइ समेटेर अगाडि बढ्दा उत्पादकत्व र उत्पादन बढाउन सकिने उहाँको भनाइ छ । उहाँले खाद्य सृङ्खला र खाद्य प्रणाली व्यवस्थापनमा सवैले ध्यान दिनु पर्ने औंल्याउनु भयो । सामाजिक पूँजीको विकासलाई प्राथमिकतामा राखेर गरिने क्रियाकलापले आर्थिक रुपान्तरण हुने उहाँको भनाइ छ ।
कार्यक्रममा बिज्ञ सुशिल ज्ञवाली, हेफर प्रोजेक्टका बरिष्ठ कार्यक्रम अधिकृत विष्णु प्रसाद पाण्डे, अधिकृत शोभाखर न्यौपाने, नागेन्द्र भट्ट, राधाकृष्ण डुम्रे लगायतले सहजीकरण गरेका थिए ।
हेफर प्रोजेक्ट नेपालको आयोजना तथा दियालो संस्थाको व्यवस्थापनमा छलफल तथा योजना निर्माण कार्यक्रम गरिएको हो । 
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर