वालिङमा खोला नियन्त्रणको काम सुरु
पुस २२, वालिङ ।
स्याङ्जाको वालिङमा खोला नियन्त्रणको काम सुरु गरिएको छ । वर्षादका बेला बाढी आउने र यसको दायाँबायाँका खेत डस्दै आएको खोला नियन्त्रणका लागि ढलानसहित आरसिसी पक्की गरिने भएको हो ।
वालिङ नगरपालिका ८ नम्वर वडा भीमटारी क्षेत्रमा रहेको ढावखोला नियन्त्रणका लागि ढलानसहित आरसिसी पक्की गराउने काम सुरु गरिएको छ । अरु ठाउँको खोला झैं ठूलो नभएर कुलो वा नाली जस्तो भएपनि वर्षेनी आउने बाढीले दायाँ बायाँका खेतहरुमा नोक्सान गर्दै आएको ढावखोलालाई नियन्त्रणसहित व्यवस्थापन गर्न लागिएको हो ।
भीमटारीको दक्षिणी क्षेत्र धरादी पाँचेखोला सामुदायीक वनको उत्तरी भागको फेदिबाट ढावखोला बहने गर्दछ । यो क्षेत्रको सुन्दर गाउँ र भुपेडाँडाबासीले खानेपानीको पँधेरो यो खोलाको मुहान हो ।
हेर्दा सानो कुलो जस्तो भएपनि छेउछाउका सिमसार वा पानी रसाइरहने ढावेखेतमा वर्षेनी आउने बाढीले डसिरहन्छ । वर्षादका समयमा मुहानदेखि माथि रहेको वन क्षेत्रदेखि आउने बाढीले लगााएको खेतीमा क्षति पु¥याउँने गर्दछ । यो खोला मुहानदेखि पश्चिमी क्षेत्र डुम्रिबोटेसम्म करिव एक किलोमिटरको दूरीमा घ्वाङखोलामा मिसिन पुग्छ ।
यसका लागि गण्डकी प्रदेश सरकारको बहुवर्षीय योजना अन्तर्गत खोला व्यवस्थापनको काम सुरु गरिएको हो ।
जङ्गलको क्षेत्रदेखिको बाढी हुतहुत्तिएर आउने भएकाले वर्षादका बेला बाढी आउने गर्दछ । धेरैजसो पानी बहने भाग आधामिटर जतिको चौडाई भएकाले पनि वर्षे भेल अटाउँदैन । जसका कारण अनियन्त्रित हुनगई दायाँ बायाँ नोक्सान गर्दै आएको छ । पानी बहने क्षेत्र साँघुरो भएकाले फराकिलो हुनेगरी ढलानसहित आरसिसी पक्की गराउन लागिएको छ । खोलाको पानी बग्ने भाग अब २ मिटर चौडाई र डेढ मिटर उचाईको ढलानसहित पक्की बन्ने भएको छ ।
अहिले नेपाल आदर्श स्कूलको पछाडिदेखि काम थालिएको छ । जिल्ला सिञ्चाई कार्यालय स्याङ्जा मार्फत गण्डकी प्रदेश सरकारको बहुवर्षीय योजनामा खोला नियन्त्रणको काम थालनी गरिएको जिल्ला समन्वय समिति सदस्य सरस्वती बगालेले जानकारी गराउनुभयो । बगालेका अनुसार पहिलो चरणमा ५० लाखको बजेटमा करिव ३ सय मिटरको लम्वाईमा खोलालाई व्यवस्थापन हुने छ । क्रमिकरुपमा यसको मुहानदेखि पुछारसम्म नै नियन्त्रणको काम गरिने ८ नम्वर वडा अध्यक्ष दामोदर तिवारीले बताउनुभयो । ढावखोला नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारबाट बहुवर्षीया योजनामा परेकाले आगामी वर्ष बाँकि काम गरिने अध्यक्ष तिवारीले व्यक्त गर्नुभयो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment