pokhara news

वालिङमा गाईजात्रा विशेष साहित्यिक कार्यक्रमको थालनी

भदौ ४, स्याङ्जा ।
वालिङमा गाईजात्रा विशेष साहित्यिक कार्यक्रमको थालनी भएको छ । भेषजराज साहित्य प्रतिष्ठान स्याङ्जाले गाईजात्रा विशेष साहित्यिक कार्यक्रमको थालनी गरेको हो । मासिकरुपमा नियमित रचना वाचन कार्यक्रम गर्दै आएको प्रतिष्ठानले आज यो वर्षको गाईजात्रा पर्व परेको र अबदेखि वार्षिकरुपमा गाईजात्रा विशेष गर्नेगरी ७६ औं शृङ्खला आयोजना गरेको हो । 
कार्यक्रमको शुभारम्भ गर्दै प्राज्ञ मुक्तिप्रसाद सुवेदीले प्रतिष्ठानले आफ्नो नियमित रचना वाचनलाई गाईजात्रा विशेष गराएर राम्रो कामको थालनी गरेको बताउनुभयो । सामाजिक विकृति र विसङ्गतिलाई उजागर  गर्नु सराहनीय रहेको भन्दै प्राज्ञ सुवेदीले वालिङमा गाईजात्रा विशेष साहित्यिक कार्यक्रमको थालनी हुनु स्वागतयोग्य भएको बताउनुभयो । समाज परिवर्तनमा विभिन्न क्षेत्रले आ आफ्नो तर्फबाट भूमिका खेलेको हुन्छ । साहित्य समाजको दर्पण हो, त्यसैले कविता, गजल, मुक्तक एवम् गीतलगायतका साहित्यिक सिर्जनाले सामाजिक सचेतनामा महत्वपूर्ण भूमिका खेल्ने प्राज्ञ सुवेदीले उल्लेख गर्नुभयो ।
कार्यक्रममा शम्भु अर्याल, धु्रव शर्मा पंगेनी, विष्णु पंगेनी पाण्डे, डोलराज सुवेदी, यमकान्त खनाल, मिलन समिर, निलकण्ठ लम्साललगायतले विभिन्न व्यङ्ग्यात्ममक रचना वाचन गरेका थिए । वालिङ बजार मोडमा गरिएको कार्यक्रमलाई उपस्थित महानुभावहरुकासाथै बाटोमा हिड्नेहरुलाईसमेत रोचकता प्रदान गरेको थियो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर