वालिङमा छातीसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
वालिङ , मंसिर १८
स्याङ्जाको वालिङमा छातीरोग परीक्षणसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । निःशुल्क स्वास्थ्य शिविर यही मङ्सिर २० गते गरिने भएको हो । छातीरोग परीक्षणसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर वडा नम्वर १ स्थित रामबाच्छामा गरिने १ नम्वर वडा अध्यक्ष एवम् वालिङ नगर प्रवक्त पदमराज गुरुङले जानकारी गराउनुभयो । एक्स—रे द्वारा छाती रोगसम्बन्धी निःशुल्क परीक्षण गरिने नगर प्रवक्ता गुरुङले उल्लेख गर्नुभयो । १ नम्वर वडाले सञ्चालन गर्ने शिविरमा छाती (फोक्सो) सम्बन्धी समस्या भएका व्यक्तिहरुले उपस्थित भई स्वास्थ्य परीक्षण गराई लाभ लिन अनुरोध गरिएको छ । रामबाच्छास्थित तमु समाज भवनमा हुने शिविर विहान ८ बजेदेखि सञ्चालन हुने छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment