वालिङमा जलवायुमैत्री पानी व्यवस्थापन अध्ययन नतिजा प्रस्तुति तथा नीतिगत गोष्ठी
साउन १४, वालिङ ।
वालिङ नगरपालिकाको पानी व्यवस्थापन अध्ययन नतिजा प्रस्तुति तथा नीतिगत गोष्ठी गरिएको छ । वालिङ नगरपालिकाको सहकार्य र नेपाल पानी सदुपयोग फाउण्डेशनको आयोजनामा वालिङ नगरपालिकाको पानी व्यवस्थापन अध्ययन नतिजा प्रस्तुति तथा नीतिगत गोष्ठी गरिएको हो ।
गण्डकी प्रदेशको वालिङ र गल्याङ नगरपालिका भएर बहने आँधिखोला जलाधार क्षेत्रमा केन्द्रत रहेर फाउण्डेशनले वालिङ नगरपालिकाको पानी व्यवस्थापन सम्बन्धी अध्ययन गरेको थियो । अध्ययनबाट आएको नतिजाको प्रस्तुति तथा नीतिगत विषयमा छलफल एवम् गोष्ठी गरिएको हो । अध्ययनले पानी सवलीकरणको टड्कारो आवश्यकता रहेको देखाएको छ । पहाडी जिल्लाहरुमध्ये स्याङ्जामा जलवायु उत्थानशील पानी व्यवस्थापन अभ्यासलाई संस्थागत गर्नुपर्ने टड्कारो आवश्यकता रहेको देखाएको छ । आँधिखोला जलाधारमा बढ्दो जलवायुजन्य जोखिम रहेको देखाएको छ । यस अन्तर्गत विकास पूर्वाधारमा बढ्दो जलवायु सङ्कटासन्नाटा, भू–उपयोग पविर्तन र भूकम्पीय जोखिम, मुहानहरुको घट्दो प्रवाह, पूर्वाधार निर्माणमा जलवायुमैत्री विधिलाई वेवास्ता, बदलिँदो वर्षाले ल्याएको चुनौति, पानी व्यवस्थापनमा जलवायुजन्य जोखिमलगायत प्रारम्भिक नतिजाले देखाएको छलफल तथा गोष्ठीमा सहजिकरण गर्नुभएका फाउण्डेशनका अध्यक्ष नोमिन्द्र दाहालले आफ्नो प्रस्तुतिमा राख्नुभएको थियो ।
यसैगरी पानीको सदुपयोग र व्यवस्थापन हुन नसक्नुमा जलवायुको अनपेक्षित र आकस्मिक प्रभाव बढ्नु, पानीका स्रोत, प्रणाली र उपयोगको मात्रामा फेरवदल, वार्षिक योजनामा पानी व्यवस्थापन नीतिको अभावलगायतका समस्या अध्ययनमा देखिएको छ । वार्षिक कार्यक्रममा जलवायु तथ्याङ्कको अभाव, पानीको स्रोत र प्रणालीमा जलवायुको बहुआयामिक प्रभाव र जलवायुमैत्री पानी व्यवस्थापनका लागि नेतृत्वको क्षमतामा कमी जस्ता कारणहरु फाउण्डेशनको अध्ययनले देखाएको प्रस्तुतिमा राखिएको थियो ।
कार्यक्रममा वालिङ नगर उपप्रमुख कविता तिवारी गैह्रेले पालिकाले पानीका मूल संरक्षण एवम् रिचार्ज पोखरी निर्माणलाई अभियानकारुपमा अगाडि बढाएको बताउनुभयो । एक वडा एक रिचार्ज पोखरीको अभियान सुरु गरिसकेको र पानीका मूलको पहिचान गरी संरक्षणका लागि पनि थालनी भैसकेको उहाँले व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “ठाउँ ठाउँमा बस्तुभाउले खाने पानी पोखरी बनाउने काम सुरु गरिएको छ, त्यसबाट पानीका मूल रिचार्जको काम हुने विश्वास लिएका छौं ।” यसैगरी पालिकामा कूल १ सय ६७ वटा पानीका मूल रहेको र त्यसमध्ये ८ वटा मूलहरुको ढुङ्गेधारासहित व्यवस्थापन गरिसकिएको जानकारी गराउनुभयो ।
जनप्रतिनिधी, नगरपालिकाका कर्मचारी एवम् पत्रकारहरुको सहभागितामा कार्यक्रम गरिएको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment