वालिङमा जलवायु गोष्ठी एवम् अन्तरक्रिया
मङ्सिर ९, वालिङ ।
स्याङ्जाको वालिङमा जलवायु गोष्ठी एवम् अन्तरक्रिया गरिएको छ । वालिङ नगरपालिकाको सहकार्यमा नेपाल पानी सदुपयोग फाउण्डेसनले स्याङ्जामा जलवायु गोष्ठी एवम् अन्तरक्रिया गरेको हो ।
पहिला पनि जलवायु सम्बन्धी गोष्ठी सञ्चालन गरिसकेको फाउण्डेसनले सहभागीहरुको सिकाई अनुभव र भावना आदान प्रदानसहित जलवायु गोष्ठी एवम् अन्तरक्रिया गरिएको हो ।
पालिकाहरुमा जलवायु परिवर्तनले पारेका समग्र प्रभाव मध्ये पानीका स्रोत, वर्षा, भल पहिरो, खडेरी, आगलागी, विकास पूर्वाधार वस्ती र व्यवसायमा भएको असरको लेखाजोखा गर्ने उद्देश्यले गोष्ठी एवम् अन्तरक्रिया गरिएको हो । यसैगरी महिला, सिमान्तकृत समूह, अपाङ्गता भएका व्यक्ति र अन्य विविध कारणले जोखिममा परेका समुदायको पहिचान र सवलीकरणका अवसरको खोजी गर्ने कार्यक्रमको उद्देश्यमा राखिएको छ । पालिका अन्तर्गत अत्यन्त जोखिममा परेका क्षेत्र र समुदायमा उपलव्ध प्रभाव न्युनिकरणका प्रविधि र ज्ञानको माध्यमले नमूना प्रयोग र परीक्षण गर्नेलगायत कार्यक्रमको उद्देश्यमा समेटिएको छ ।
कार्यक्रममा जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी सञ्चारकर्मीको सहभागितामा गरिएको थियो । सहभागीहरुले आ—आफ्ना स्थानका भौगोलिक अवस्था, समस्या, सम्भावना र समाधानका बारे जानकारी एवम् अन्तरक्रिया गरिएको थियो । पानीका मूल सुक्दैजानुका कारण, संरक्षणका उपाय र जलवायुको प्रभावका सन्दर्भमा विषय वीज्ञहरुले सहजीकरण गरेका थिए । पानीका मूल सुक्नुमा जलवायु परिवर्तनको प्रभाव मात्र नभएर विकासका नाममा हुन गएका कुविकास, अध्ययन अनुसन्धान नगरीकन भएका पानी निकासी, विषादीको प्रयोग, मूल संरक्षणका लागि कस्तो वन वुट्यानको आवश्यक पर्छ भन्ने ज्ञानको अभावलगाएतका कारण रहेको बीज्ञहरु बताएका छन् । विषय वीज्ञहरुमा डा. नानी रावत, डा.चन्द्र पाण्डे, लक्ष्मीदत्त भट्ट, पूर्व जलस्रोत मन्त्री तथा वीज्ञ दिपक ज्ञवालीले विषयगत धारणा र अनुभव एवम् फाउण्डेसनले देशका विभिन्न स्थानमा गरेका अभ्यासलाई आ—आफना प्रस्तुतिमा राखेका थिए ।
जलवायु परिवर्तनले पानीको स्रोतहरुमा पारेको प्रभावको अध्ययनसम्बन्धी कार्यक्रम वालिङ र गल्याङ नगरपालिकामा सञ्चालन गरेको फाउण्डेसनले आज वालिङमा जलवायु गोष्ठी एवम् अन्तरक्रिया आयोजना गरेको हो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment