वालिङमा जारी धार्मिक अनुष्ठानमा दानदिने क्रम बढ्यो
वैशाख १९, वालिङ ।
स्याङ्जाको वालिङमा जारी धार्मिक अनुष्ठानमा दानगर्ने क्रममा वृद्धि हुँदै आएको छ । वालिङ ८ स्थित केदारनाथ मन्दिरलाई शिवधाम निर्माणार्थ यही वैशाख १७ गतेदेखि सञ्चालित श्रीमद्भागवत् सप्ताह तण्डुलाचल श्रृङ्गारिक महायज्ञ धार्मिक अनुष्ठान—२०८२ मा दाताहरुबाट उत्साहकासाथ दान प्रदान गर्न थालेका हुन् ।
आज शुक्रबार तेस्रोदिन दाताहरुले मोटो रकमसहितको नगद दान गरेका छन् । यसैबीच गरिमा विकास ब्याङ्कले धार्मिक अनुष्ठानमा ५ लाख २५ हजार प्रदान गरेको छ । ब्याङ्कका निवर्तमान अध्यक्ष श्यामप्रसाद बस्यालले उल्लेखित रकम प्रदान गर्नुभएको हो । यसैगरी बस्यालले व्यक्तिगतरुपमासमेत रु. ५१ हजार दान गर्नुभयोे । यस्तैगरी वालिङ ८ का स्वर्गीय बालप्रसाद श्रेष्ठकी धर्मपत्नी नन्दकुमारी श्रेष्ठले पनि रु.५ लाख २ हजार ५ सय ५ प्रदान गर्नुभएको छ । गरिमा विकास ब्याङ्क र श्रेष्ठले धर्मशालाका लागि १÷१ कोठा निर्माणगर्नेगरी दान प्रदान गरिएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी गराउनुभयो ।
अनुष्ठानमा धर्मानुरागी महानुभावहरु उत्साहकासाथ आउने गर्नुभएको महायज्ञका कथा वाचक एवम् भागवतालङ्कार पण्डित नेत्र पराजुलीले बताउनुभयो । श्रद्धालु भक्तजनहरुले स्वतःस्फूर्त हार्दिकता प्रकट गर्दै दान गर्न सरिक हुनुभएको पण्डित पराजुलीले व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “भक्तजनहरु दैनिकरुपमा उत्साही देखिनुभएको छ । जति पनि श्रद्धालु भक्तजनहरु कथा श्रवण गर्न आउनुभएको छ, वहाँहरुले केदारनाथमा धर्मशालासहित शिवधाम निर्माण जस्तो पवित्र कार्यका लागि भनेर उत्साह एवम् श्रद्धाभक्तिले दान गर्न लालाहित देखिनुभएको छ । भक्तजनहरुले हवनकुण्ड, आरती र तण्डुलाचलका लागि चामल एवम् नगद दान गरेर पुण्यकार्यमा सक्रीय हुँदै आउनुभएको छ ।”
५० हजार तथा एक दुई लाखका प्रदान गर्ने दानबीरहरु पनि हुनुहुन्छ । उहाँहरुलाई सम्मानपत्र एवम् दोसल्लाले सम्मान गर्दै आएका छौं भने क्रमशः उहाँको नाम पनि सार्वजनिक गर्दैजाने पण्डित पराजुलीले बताउनुभयो ।
यो महायज्ञमा स्वतःस्फूर्त एवम् आफ्नो स्वइच्छाले दान गर्न सकिने र कसैलाई पनि यतिनै गर्नुपर्छ भन्ने कुनै कर नलगाइने पण्डित पराजुलीले जानकारी दिनुभयो ।
केदारनाथ मन्दिर महायज्ञ मूल समारोह समितिको आयोजना र वालिङ नगरपालिकाको सहआयोजनामा सञ्चालित अनुष्ठान २३ गतेसम्म हुनेछ । महायज्ञमा भागवतालंकार पण्डित नेत्रप्रसाद पराजुलीले संगीतमय शैलीमा कथावाचन गरिहनुभएको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment