pokhara news

वालिङमा जारी पुरुष भलिबलमा आज ५ खेल सम्पन्न, भोलि फाइनलसहित तीन खेल हुने

कात्तिक ४, वालिङ ।
स्याङ्जाको वालिङमा जारी पालिका स्तरीय प्रथम पुरुष भलिवल प्रतियोगितामा आज सेमिफाइनलसहित ५ खेल सम्पन्न भएको छ । 
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको आयोजनामा २ गते शुक्रबारदेखि वालिङ खेलमैदानमा सञ्चालित “स्याङ्जा आईसीसी प्रथम भलिबल कप २०८१” को आज सेमिफाइनलसहितका ५ खेल सम्पन्न भएका हुन् ।
आज भएको सेमिफाइनल खेलबाट बिरुवा गाउँपालिकाको समूहले फाइनलको यात्रा तय गरेको छ ।
कालिगण्डकी गाउँपालिकासँग सेमिफाइनल खेलेको बिरुवाले जीतसँगै फाइलनको यात्रा तय गरेको हो । यी दुबै समूहको खेल अत्यन्त प्रतिष्पर्धात्मक र रोचक भएको थियो । वेष्ट अफ फाइब खेलाईएकोमा दुबै समूहले दुई दुई सेटको जीत निकालेर कडा टक्करमा खेल प्रदर्शन गरेका थिए । अन्ततः बिरुवाले तेस्रो सेटको जीतसँगै फाइनलको यात्रा तय गरेको हो । 
यसैगरी भीरकोट र पुतली बजार नगरपालिकाबीचको सेमिफाइनल खेल भने हावाहुरीसहितक पानी परेकाले स्थगित भयो । यी दुबै समूहबाट विजेता समूहले भोलि बिरुवाको समूहसँग फाइनल प्रतिष्पर्धा गर्ने छ । यसैगरी आज सेमिफाइनलमा पराजित कालिगण्डकी र आज स्थगित भएको भीरकोट र पुतली बजारको उपविजेतासँग तृतीय स्थानको लागि खेल्ने छ । आज स्थगित भएको भीरकोट र पुतली बजारको खेल भोलि विहान ८ बजे हुने छ ।
प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित गर्ने कार्यक्रम अनुसार आज सम्पन्न खेलबाट ५ जना खेलाडी पुरस्कृत भएका छन् । यस अन्तर्गत कालीगण्डकीका जर्सी नंवर ५ का हरि पाण्डे, बिरुवाका जर्सी नम्वर १ का अमृत केसी, अर्जुन चौपारीका आकाश गुरुङ, पुतलीबजारका जर्सी नम्वर ६ का दर्शन गुरुङ र बिरुवाका जर्सी नम्वर ५ का जीवन गुरुङ म्यान अफ द म्याचले पुरस्कृत भएका हुन् । 
प्रतियोगितामा प्रथम हुनेले रु. एक लाख ५० हजार र द्वितीय हुनेले रु. एक लाख नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
यसैगरी तृतीय हुनेले रु. ७५ हजार र सान्त्वना हुनेले रु. २५ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने भलिबल खेल संयोजक हिमलाल डुम्रेले बताउनुभयो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई जनही १० हजार नगदसहित मेडल र प्रमाणपत्र तथा उत्कृष्ट सेटर, डिफेन्डर, सर्भिस, ब्लकर, स्पाईकरलाई जनही ५÷५ हजार पुरस्कार प्रदान गरिने प्रतियोगिताको सहयोगी संस्था वालिङ भलिबल क्लबका अध्यक्ष दीपेन्द्र खाँणले जानकारी गराउनुभयो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर