वालिङमा जारी पुरुष भलिबलमा भोलि क्वाटर फाइनलका खेल हुने
कात्तिक ३, वालिङ ।
वालिङमा हिजो शुक्रबारदेखि सुरु भएको पुरुष भलिबल प्रतियोगिता अन्तर्गत आज पहिलो समिकरणका खेल सकिएको छ ।योसँगै पर्सी सोमबारसम्म सञ्चालन हुने प्रतियोगितामा भोलि क्वाटर फाइनलका खेल हुने भएका हुन् ।
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको आयोजनामा वालिङ खेलमैदानमा जारी स्याङ्जा आईसीसी प्रथम भलिबल कप २०८१ को आज शनिबार पहिलो समिकरणका खेल सकिएको हो । जिल्लाका ११ वटा पालिकाको सहभागिता रहेको स्याङ्जा आईसीसी प्रथम भलिबल कप २०८१ लिग सिस्टममा खेलाईको थियो । ११ वटा समूहबाट वालिङ नगरपालिका, हरिनास गाउँपालिका र आँधिखोला गाउँपालिका गरी ३ वटा टीम हिजो र आज भएका पहिलो चरणका खेलबाट बाहिरिएका छन् । योसँगै भीरकोट, पुतलीबजार, चापाकोट, गल्याङ, फेदिखोला, कालीगण्डकी, अर्जुन चौपारी र बिरुवा गरी आठ टीमले क्वाटर फाइनलका लागि छनोट भएका छन् । कालीगण्डकी र पुतलीबजारबीच आज भएको अन्तिम खेल निकै प्रतिष्पर्धात्मक रहेको थियो । यी दुबै टीमले दर्शकहरुलाई भलिबल खेलको मज्जा दिएको उनीहरुको उत्साह र हुटिङले देखाएको थियो । अब भोलिदेखि हुने क्वार्टर फाइनलका खेलहरु पनि यस्तै रोमाञ्चक हुने आयोजकले जनाएको छ भने प्रतियोगिता ५ गते सोमबार सम्पन्न हुने छ ।
आयोजकका अनुसार ए पोलबाट पुतलीबजार र कालीगण्डकी, बी पोलबाट बिरुवा र अर्जुन चौपारीको टीम क्वाटर फाइनलका लागि छनोट भएको हो । यसैगरी सी पोलबाट चापाकोट र गल्याङ छनोट हुँदा डी पोलमा रहेका पुतलीबजार र भीरकोट दुबै टीम क्वाटर फाइनलका लागि छनोट भएका हुन् । अब भोलि बिहान ८ बजेदेखि क्वाटर फाइनलका खेल हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले रु. एक लाख ५० हजार र द्वितीय हुनेले रु. एक लाख नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
यसैगरी तृतीय हुनेले रु. ७५ हजार र सान्त्वना हुनेले रु. २५ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने भलिबल खेल संयोजक हिमलाल डुम्रेले बताउनुभयो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई जनही १० हजार नगदसहित मेडल र प्रमाणपत्र तथा उत्कृष्ट सेटर, डिफेन्डर, सर्भिस, ब्लकर, स्पाईकरलाई जनही ५÷५ हजार पुरस्कार प्रदान गरिने प्रतियोगिताको सहयोगी संस्था वालिङ भलिबल क्लबका अध्यक्ष दीपेन्द्र खाँणले जानकारी गराउनुभयो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment