pokhara news

वालिङमा जारी सेवेन ए साइड लिग फुटबल प्रतियोगिता—२०८१ को फाइनल २१ गते हुने

माघ १८, वालिङ ।
स्याङ्जाको वालिङमा जारी सेवेन ए साइड लिग फुटबल प्रतियोगिता—२०८१ को फाइनलका खेल यही माघ २१ गते सोमबार हुने भएको छ । 
पहिलो पटक वालिङ खेलमैदानमा सञ्चालन भएको १४ वर्ष उमेर समूहको अन्तर स्कुल युथ लिग फुटबल प्रतियोगिताको फाइनल खेल २१ गते सोमबार हुने आयोजक वालिङ युनाइटेड क्लवले जनाएको छ ।
स्कुलहरुको समय अनुकुलतालाई मध्यनजर गर्दै प्रतियोगिताको एलिमिनेटर र क्वालिफायरका खेलहरु भोलि १९ गते शनिबार हुने छ । एलिमिनेटर टीम नेपाल आदर्श र पूर्णामृत भवानी माध्यमिक विद्यालयका बीच विहान ९ बजे हुनेछ भने क्वालिफायर टीम भूपू सैनिक वालिङ र ज्ञानोदय बोर्डिङ स्कूल राङ्खोलाबीच विहान १० बजे प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगिताको फाइनल खेल २१ गते दिउसो २ बजे हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टीमले नगद रु.४० हजार, २० हजार १० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर