वालिङमा जिल्लाव्यापी फुटसल प्रतियोगिता सुरु
कात्तिक १४, वालिङ ।
स्याङ्जाको वालिङमा जिल्लाव्यापी फुटसल प्रतियोगिता सञ्चालन गरिएको छ । वालिङ ८ स्थित नव प्रभात युवा क्लवले आफ्नो २४ औं वार्षिकोत्सवको अवसरमा जिल्लाव्यापी व्याडमिन्टन तथा फुटसल प्रतियोगिता सञ्चालन गरेको हो । क्लबले यस अवसरमा कात्तिक ९ र १० गते व्याडमिन्टन प्रतियोगिता सञ्चालन गरेको थियो भने आज बुधबार फुटसल प्रतियोगिताको शुभारम्भ गरेकोे हो । योसँगै क्लवले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । क्वलले आफ्नो क्षेत्रमा रहेका ८० वर्षदेखि माथिका ९ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । कार्यक्रममा ९६ वर्षीय चन्द्रकला सुवेदीसहित ४ महिला र ५ पुरुषगरी ९ जना सम्मानित भएका हुन् । जेष्ठ नागरिकहरुलाई पौष्टिक खानेकुरासहित ओडाई ओडाएर सम्मान गरिएको हो ।
आज र भोलि गरी दुई दिन सञ्चालन हुने प्रतियोगिताको समुद्घाटन गर्दै ज्येष्ठ नागरिक सम्मान तथा प्रतियोगिताको उद्घाटन गर्दै दिलीपप्रताप खाँणले एकले अर्कालाई सम्मान गरेमात्रै आँफूले पनि सम्मान पाईने कुरा विर्सन नहुने बताउनुभयो । वालिङ नगरपालिकाका निवर्तमान प्रमुखसमेत रहनुभएका खाँणले सम्मान चाहनेले अरुलाई पनि सम्मान गर्न सक्नुपर्ने विचार ब्यक्त गर्नुभयो । समाज रुपान्तरणमा सकारात्मक भूमिका खेल्दै आएको क्लबले यसप्रकारका अभियानहरुलाई निरन्तरता दिन खाँणको सुभाmव छ ।
कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष दामोदर तिवारीले विविध क्षेत्रमा उदाहरणीय कार्य गरेकोमा खुसी ब्यक्त गर्दै वडाबाट निरन्तर साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
प्रतियोगितामा जिल्लाका आयोजकसहित २५ टीमको सहभागिता रहेको खेल संयोजक तोलाकान्त बगालेले जानकारी गराउनुभयो । प्रतियोगिताका विजेता र उपविजेताले क्रमशः रु.२० हजार ५ सय ५५ र १० हजार ५ सय ५ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment