pokhara news

वालिङमा जेष्ठ नागरिक सम्मान

कात्तिक १०, वालिङ ।
स्याङ्जाको वालिङमा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । मातापिता प्रतिष्ठान वालिङ र वालिङ नगरपालिका वडा नं. ११ को संयुक्त आयोजनामा शनिबार वडा कार्यालय डौँवामा जेष्ठ नागरिक सम्मान गरिएको हो ।
कार्यक्रममा वडाका ८४ वर्ष माथिका जेष्ठ नागरिकहरु सम्मानित भएका हुन् । कार्यक्रममा १०६ वर्षीय उत्तरकुमारी खांणलाई प्रमुख आमन्त्रित बनाईएको थियो ।
प्रतिष्ठानका अध्यक्ष श्यामप्रसाद ढुंगानाले जेष्ठ नागरिक सम्मानसँगै बालबालिकाका लागि पार्क, गुरुकुल स्थापना गर्ने उद्देश्यका साथ अगाडि बढेको जानकारी गराउनुभयो । प्रतिष्ठानको उद्देश्य अनुसार वडामा रहनुभएका जेष्ठ नागरिकहरुलाई पहिलो प्राथमिकता दिदै वडा कार्यालयको सहयोगमा सम्मान गर्दै आईएको प्रतिष्ठानका अध्यक्ष ढुंगानाले उल्लेख गर्नुभयो । 
कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार यमकान्त खनालले मातापिता प्रतिको सम्मान एवम् कर्तव्य भाव सन्तानमा जागृत गराउनका लागि यस्ता कार्यक्रमले थप टेवा पुग्ने बताउनुभयो ।
पछिल्लो समय युवाशक्ति विदेशिएका र वृद्धबुवाआमा घर कुरुवाको रुपमा रहँदै आउनुभएको भन्दै बृद्धावस्थामा सन्तान साथमा रहेर मातापिताको सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने सल्लाहकार खनालले औंल्याउनुभयो । 
कार्यक्रममा १०६ वर्षकी उत्तरकुमारी खांँणसहित ८४ नाघेका २२ जनालाई वृद्धबृद्धाहरु सम्मानपत्र नगद र रामनामी दोसल्लाले सम्मान गरिएको हो । वडा नं. ११ मा ८४ वर्ष नाघेका ५३ जना बृद्धबृद्धाहरु रहेकोमा आज २२ जना सम्मानित भएका हुन् । बाँकी रहकाहरुलाई वडाको सहजीकरणमा घरमै गएर सम्मान गरिने प्रतिष्ठानले जनाएको छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर