वालिङमा तीजको अवसरमा शुभकामना आदानप्रदान
भदौ—७, स्याङ्जा ।
व्युटिपार्लर एशोसियसन स्याङ्जाले हरितालिका (तिज) को अवसरमा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम गरेको छ । महिलाहरुको महान पर्व हरितालिका (तिज) को अवसरमा व्युटिपार्लर एशोसियसन स्याङ्जाले आज शुक्रबार वालिङमा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले हाम्रा संस्कार र संस्कृतिको जगेर्णा गर्न यस्ता शुभकामना आदानप्रदान तथा जमघट कार्यक्रमले टेवा पु¥याउने बताउनुभयो ।
आँफूले पनि सौन्दर्य कलाको तालिम लिएको स्मरण गर्दै प्रमुख जिल्ला अधिकारी नेपालले सौन्दर्य पेशाले महिलाहरुलाई आर्थिक तथा सामाजिक रुपमा सक्षम बनाएको बताउनुभयो । उहाँले सौन्दर्य कलाको सीपले व्यक्तिलाई आत्मविश्वासी बनाउने भन्दै व्यवसायिक रुपमा अगाडि बढ्दा सुनौतीसंँगै अवसरहरु पनि रहेको व्यक्त गर्नुभयो । पछिल्लो समय सौन्दर्य कलाको दायरा फराकिलो हुँदै आएकाले स्वरोजगारीसँगै आय आर्जनको राम्रो माध्यम बनेको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ व्युटिसियन चिनु गुरुङले सौन्दर्यकलाको पेशामा धेरै चुनौती रहेको भन्दै यो पेशाले देशको अर्थतन्त्रलाई बलियो बनाउन मद्दत गरिरहेको बताउनुभयो । चुनौतीका बाबजुद पनि सौन्दर्यकला पेशामा महिला दिदिबहिनीहरुको आकर्षण बढिरहेको भन्दै सीप जीवनको महत्वपूर्ण पक्ष भएको वरिष्ठ व्युटिसियन गुरुङको भनाई छ ।
कार्यक्रममा निवर्तमान कार्यसमिति अध्यक्ष पुष्पा अर्यालले आफ्नो दुई कार्यकालमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै एशोसियसनका संस्थापक अध्यक्ष चुत्रकुमारी थापा दुर्गा, एशोसियसनका पूर्व अध्यक्ष लिसु अधिकारी, निवर्तमान कानुनी सल्लाहकार दिपक लम्साल, निवर्तमान प्रेस सल्लाहकार राधाकृष्ण डुम्रेलाई सम्मान गर्नुभएको थियो । एशोसियसनको अधिवेशन पोखरामा गरिएकाले आफ्नो कार्यकालमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएका तर पोखरामा सहभागी हुन नसक्नुभएका अग्रजहरुलाई आजको कार्यक्रममा सम्मान गरिएको निवर्तमान अध्यक्ष अर्यालले बताउनुभयो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment