वालिङमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
वालिङ, ९ पुस ।
स्याङ्जाको वालिङमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । “राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद” भन्ने नाराकासाथ आज बुधबारदेखि दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता वालिङ ८ स्थित खेलमैदानमा शुरु भएको हो ।
११ गते सम्म सञ्चालन गरिने प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सांसद कल्पना तिवारीले जनप्रतिनिधि शासक नभई सेवक भएको बताउनुभयो । वालिङ नगरपालिका निवर्तमान उपप्रमुखसमेत रहनुभएकी तिवारीले वालिङलाई सुन्दर र सभ्य शहरको रुपमा स्मार्ट सिटिको अवधारणा आफ्नो कार्यकालमा शुरु गरिएको र यसलाई पूर्णता दिन वर्तमान जनप्रतिनिधिहरु पनि प्रयत्नशिल रहेको बताउनुभयो । लामो संघर्ष र बलिदानीले ल्याईएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली आँफैमा खराब नरहेको भन्दै विधिमाथि कसैले औँला उठाउन नसक्ने उल्लेख गर्नुभयो । विधि र पद्धति चलाउने व्यक्ति खराब भएको खण्डमा नागरिकले उनीहरुलाई बहिस्कार गर्न सक्ने र वालिङको समग्र विकासमा यहाँका नागरिक समाज, राजनीतिक दल, जनप्रतिनिधि सबै एकजुट हुनुपर्नेमा उहाँको जोड थियो ।
वालिङको विकासका लागि सबै एकजुट हुनुपर्ने, खेल तथा खेलाडीको विकासका लागि वालिङ नगरपालिका प्रतिवद्ध रहेको नगरप्रमुख कृष्ण खांँणले बताउनुभयो । कूल २९ विद्यालयका २ हजार भन्दा धेरै विद्यार्थी सहभागी हुने प्रतियोगितामा ८० स्वर्ण, ८० रजत र ८० कास्यको लागि प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताको पहिलो दिन कबड्डी, छात्रछात्रा दौडलगायतका प्रतियोगिताहरु सम्पन्न भएका छन् ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment