वालिङमा नगरस्तरीय खुल्ला कविता प्रतियोगिता
असार २९, स्याङ्जा
स्याङ्जाको वालिङमा नगर स्तरीय खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । २११औँ भानुजयन्ती एवम् भेषजराज साहित्य प्रतिष्ठानको नियमित रचना वाचनको ७४औँ शृङ्खलाको अवसरमा शनिबार वालिङ बहुमुखी क्याम्पस र भेषजराज साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा वालिङ नगरपालिकास्तरीय खुल्ला कविता प्रतियोगिता २०८१ को आयोजना गरिएको हो । वालिङ क्याम्पसमा आयोजित कविता प्रतियोगिताका लागि वालिङ नगरपालिकाले सहयोग गरेको थियो । प्रतियोगितामा दिपसारदा प्रथम, बिना रेग्मी द्वितीय, आयुष्मा काफ्ले तृतीय र सबिना डुम्रे सान्त्वना भएका छन् ।
७ जना प्रतियोगीहरुको प्रतिष्पर्धा रहेको कार्यक्रममा विजेता तथा उपविजेताहरुले क्रमशः ३ हजार, २ हजार, १ हजार, ५ सय नगदसहित भेषजराज रचना, कवितामा बा कृति र प्रमाण प्राप्त गरेका छन् ।
विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गर्दै डा. टंकप्रसाद पन्थले भानुभक्त आचार्यले भाषा र साहित्यमा पु¥याएको योगदानको चर्चा गर्दै भानुजयन्तीका अवसरमा प्रतिष्ठानले आयोजना गरेको कविता प्रतियोगिता निकै सकारात्मक पक्ष रहेको बताउनुभयो ।
आचार्यद्वारा नेपाली भाषामा अनुवाद गरिएको वाल्मिकी रामायणले विविध भूगोल, जातजाति, संस्कार र संस्कृति अँगालेका नेपालीबिच अपनत्वको भावना र साझा मनोविज्ञानको निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको समेत डा. पन्थले औंल्याउनुभयो । कार्यक्रममा वालिङ बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष उदय श्रेष्ठ, सुर्यप्रसाद डुम्रे, चण्डीप्रसाद भट्राई, मिलन समिर, धु्रवप्रसाद शर्मापंगेनी, क्याम्पस प्रमुख युवराज पाठक, दिपक लम्साल, आँधीखोला सञ्चार सहकारी संस्थाका अध्यक्ष शान्ता थापा, वालिङ टेलिभिजनका अध्यक्ष जोगराज पाठक, दिलिप तिवारीलगायतले भानुभक्त आचार्यको चर्चा गरेका थिए ।
कार्यक्रममा कविहरु देशबन्धु आचार्य, गोविन्द बास्तोला, बसन्त खनाल, सुभद्रा रेग्मी, कमला सिग्देल, भोजकुमारी भण्डारी पाण्डे, सिर्जना रेग्मी प्रकृति, सूर्यप्रसाद डुम्रे, दिपेन्द्र तिवारी, पे्रमप्रसाद सुवेदी, डोलराज सुवेदी, दमकुमारी बगालेलगायत २४ जनाले आ—आफ्ना रचना वाचन गरेका थिए ।
कार्यक्रममा कविहरु दमकुमारी बगाले र डोलराज सुवेदीले नगद ५÷५ हजार प्रतिष्ठानको अक्षयकोषको लागि प्रदान गरेका छन् । प्रतिष्ठानले हरेक वर्ष भेषजविन्दु साहित्यीक पुरस्कार र भेषजराज साहित्य सम्मानबाट विभिन्न सर्जकहरुलाई पुरस्कृत तथा सम्मान गर्दै आएको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment