वालिङमा युवा भेला एवम् पत्रकार सम्मान
पुस—१२, वालिङ ।
स्याङ्जाको वालिङमा युवा भेला एवम् पत्रकारलाई सम्मान गरिएको छ । नेकपा एमाले वालिङले युवा भेला एवम् पत्रकारहरुलाई सम्मानपत्रले सम्मान तथा बधाई ज्ञापन गरेको हो ।
कार्यक्रमका वक्ताहरुले युवाहरु समाज रुपान्तरणका संवाहक प्रशिक्षित गर्दै लैजानुपर्ने बताएका छन् । समाजलाई रुपान्तरण गर्न सक्ने क्षमता युवाहरुमा भएकाले मार्गनिर्देश गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
शुक्रबार नेकपा एमाले वालिङ नगरकमिटिद्वारा आयोजित युवा भेला तथा प्रशिक्षण कार्यक्रममा एमालेका जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे पारसले देशको विगतलाई हेर्ने हो भने नेतृत्वले युवा अवस्थामा राजनीतिक परिवर्तनमा अग्रणी भूमिका रहेको बताउनुभयो । अध्यक्ष गैह्रेले युवा अवस्थामा नै विपि, मदन भण्डारी जस्ता नेताहरु नेतृत्व तहमा पुगेको स्मरण गरेको स्मरण गराउनुभयो । अन्तर्राष्ट्रिय जगतमा पनि युवाहरुले नै देशलाई हाँकिरहेको दृष्टान्त व्यक्त गर्नुभयो । अध्यक्ष गैह्रेले भन्नुभयो,“नेकपा एमालेको विधानमा युवालाई प्रोत्साहन गर्दै नेतृत्व तहमा ल्याउने विभिन्न नीति ऐन बनेका छन् । वडा, गाउँ, नगर, जिल्ला कमिटिको हकमा युवालाई प्रोत्साहन दिईएको छ ।” ४० वर्ष भित्र उमेर समूहकालाई युवा अवस्थामा परिभाषित गरिएको र युवाहरुले नै राजनीति मार्फत समाज र राष्ट्रिय रुपमा परिर्वतन ल्याउन सक्ने उहाँको भनाई थियो ।
पछिल्लो समय युवाहरु प्रति राजनीति प्रति देखिएको वितृष्णा अध्ययनको कमिका कारण भएको उल्लेख गर्दै राणा शासनको अन्त्य, गणतन्त्र प्राप्ती, सङ्घीयता अगाडिको र पछाडिका समयको अध्ययन र विष्लेषण गर्नुपर्ने वक्ताहरुको जोड थियो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला उपाध्यक्ष तथा वालिङ नगरप्रमुख कृष्ण खांणले युवाहरुसंँग हातेमालो गर्दै नगरको विकास गर्ने विश्वास व्यक्त गर्नुभयो । विकास र समृद्धिका लागि एक्लैको प्रयासले नपुग्ने भन्दै नगर प्रमुख खाँणले यसमा युवा पंक्ति, महिला, पुरुष सबैको हातेमालो आवश्यक रहने औंल्याउनुभयो ।
कार्यक्रमका अवसरमा पत्रकारहरु तथा सामाजिक संस्थामा नवनिर्वाचितलाई सम्मान एवम् बधाई ज्ञापन गरिएको छ । पत्रकारहरुको छाता सँगठन नेपाल पत्रकार महासँघमा हालै निर्वाचित पत्रकारहरुलाई सम्मान गरिएको हो । महासँघ गण्डकी प्रदेश सदस्य रोशन लामिछाने, महासँघ स्याङ्जाका उपाध्यक्ष माधव गैह्रे, सचिव हरिप्रसाद सुवेदी (शुशिल), सहसचिव कला राना र रामबहादुर रोकाहलाई सम्मानपत्रले सम्मान एवम् बधाई ज्ञापन गरिएको हो । यसैगरी नेपाल जेसिजको ५१ औं महाधिवेशनबाट नवनिर्वाचित राष्ट्रिय उपाध्यक्ष वालिङ जेसिजका मणिप्रसाद अर्याललाई एमाले वालिङले सम्मानपत्रले सम्मान एवम् बधाई ज्ञापन गरेको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment