pokhara news

वालिङमा रोपियो मोसो बाँसको १५०० विरुवा

सौन्दर्य वृद्धि, व्यावसायिक उपयोग, र भूस्खलन नियन्त्रण गर्ने उद्धेश्यले वालिङमा १५०० मोसो बाँस रोपिएको छ । बाँदर आतङ्क बाट उन्मुक्ति पाउने भएपछि यहाँको पित्लेक सामुदायिक बनमा यो बाँस रोपण गरिएको हो । ‘परम्परागत रैथाने बाँसका प्रजातिहरूमा बाँदरले क्षति पु¥याउने, झाडी झार बन्ने र खेतीयोग्य जमिन बिगार्ने समस्याहरू भइरहेका थिए। त्यसैले व्यवस्थित र उद्देश्य पूर्ण खेतीका लागि मोसो बाँस चयन गरिएको हो। ’ वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो । “मोसो बाँस हेर्दा अग्लो, घना, बलियो हाँगाहरू हुने र पात नझर्ने प्रकारको हुन्छ। यसले भूस्खलन रोक्न निकै प्रभावकारी भूमिका खेल्छ। साथै हस्तकला र सौन्दर्यवर्धक संरचनामा प्रयोग गर्न सकिने गुणहरू यसमा छन्,” खाँणले जानकारी दिनुभयो।

मोसो बाँसबाट कपडा, कागज, हस्तकलाका सामाग्री, र अन्य व्यावसायिक उत्पादनहरू तयार गर्न सकिन्छ। रैथाने बाँसको तुलनामा यो जातबाट अधिक फाइदा लिन सकिने भएकाले पहिलो चरणमा १५ सय विरुवा रोपिएको हो । प्रति विरुवा १८० को दरले बनेपा देखि खरिद गरी ल्याइएको यो बाँस सामुदायिक वन उपभोक्ता महासंघ नगर समिति वालिङ मार्फत करम भञ्ज्याङ पित्लेक सामुदायिक वनमा रोपण गरिएको हो । यो बाँस पूर्णरुपमा हुर्किँदा सुन्दर देखिने भएकोले पर्यटकहरुको आकर्षण हुने नगर उपप्रमुख कविता तिवारी गैह्रेले बताउनुभयो । यहाँ आउने पर्यटकले बाँसको अवलोकन सँगै पित्लेक सामुदायिक होमस्टेको स्वागत एकैसाथ प्राप्त गर्न सक्ने तिवारीको भनाई छ । विशेषगरी पहाडी भूभागहरूमा हरेक वर्ष मनसुनमा हुने भूस्खलन र जमिन कटान जस्ता समस्यालाई मोसो बाँसले न्युनिकरण गर्न सक्ने अपेक्षा गरिएको छ। खानको लागि स्वादिलो र पोषणयुक्त टुसाहरु उपलब्ध हुने उच्चकोटीको धागोबाट अन्तराष्ट्रिय स्तरको कपडा तयार गर्न सकिने भएकोले यो बाँसमा स्थानीयहरुको आकर्षण रहेको छ । मोसो बाँसको प्रयोग फर्निचर, लोरिङ, बायोडिग्रेडेबल सामग्री, र कपडा उद्योगसम्म फैलिएको छ। यसले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै रोजगारी सिर्जना गर्ने र स्थानीय अर्थतन्त्रलाई टेवा दिने विश्वास गरिएको छ। स्याङजा सहित देशभर यो बाँस १७ जिल्लामा १४ हजार मोसो बाँस रोपण भैसकेको मोसो बाँस नर्सरी धनेश्वर बनेपाले जनाएको छ । वालिङ नगरपालिकाले आगामी वर्षहरूमा मोसो बाँसको खेतीलाई थप विस्तार गर्ने योजना बनाएको छ। यसका लागि स्थानीय किसान, युवा समूहहरू र सहकारीहरूलाई समेत बाँस खेतीमा सहभागी गराउने तयारी भइरहेको छ
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर