pokhara news

वालिङमा वित्तीय साक्षरता

फागुन २८, वालिङ ।
स्याङ्जाको वालिङमा वित्तीय साक्षरता कार्यक्रम गरिएको छ । वालिङमा रहेको ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेड मिर्दी शाखाले वित्तीय साक्षरता कार्यक्रम गरेको हो । संस्थाले आफ्ना सेवाग्राहीहरुका लागि कायक्रम मार्फत वित्तीय साक्षरता प्रदान गरेको छ । 
वालिङ नगरपालिका ६ मिर्दीमा गरिएको साक्षरता कार्यक्रममा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेड प्रदेश प्रमुख विनोद पराजुलीले सहजीकरण गर्नुभएको थियो । आम्दानीलाई कसरी वचतमा परिणत गर्ने, दैनिक वचत कसरी गर्ने, फजुल खर्च कसरी कटौती गर्ने, बचतलाई कसरी दिगो बनाउने, बचतले कसरी जीवनलाई सहज बनाउँछलगायतका विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । 
कास्कीको पोखरामा प्रधान कार्यालय रहेको संस्थाको देशभरी १ सय २२ शाखा रहेका छन् । कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो । 
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर