वालिङमा विपत व्यवस्थापन कार्यदल गठन
असार २७, स्याङ्जा
स्याङ्जाको वालिङ नगरपालिकाले विपत व्यवस्थापन कार्यदल गठन गरेको छ । मनसुन सुरु भए यता जिल्लामा बाढी पहिरोका कारण जनधनको क्षति भएको छ । प्राकृतिक विपतमा परी मृत्यु भएका परिवारलाई प्रदेश सरकार र केन्द्र सरकारले राहत प्रदान गर्ने भएको छ भने वालिङ नगरपालिकाले पनि सोहि उद्देश्यले विपत व्यवस्थापन कार्यदल गठन गरेको छ । वालिङ नगरपालिका क्षेत्रमा पनि जनधनको क्षति भएकाले नगरपालिकाले विपत व्यवस्थापन समिति गठन गरेको हो ।
वडा नम्वर ११ का अध्यक्ष डण्डु पंगेनीको संयोजकत्वमा विपत व्यवस्थापन कार्यदल गठन गरिएको छ । कार्यदलले नगरपालिकाभित्र वर्षादका कारण बाढी पहिरोबाट विपतमा परेकाहरुको अनुगमन गरी अभिलेख तयार गर्ने छ । कार्यदलको प्रतिवेदनका आधारमा विपतमा परेकाहरुलाई राहत उपलव्ध गराइने वालिङ नगर प्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो । नगरपालिका नागरिकहरुको साथमा रहेको हुनेगरी काम गरिने भन्दै नगर प्रमुख खाँणले विपतमा परेकाहरुलाई राहत उपलव्ध गराइने बताउनुभयो । पूर्ण रुपमा घर क्षति भएका र आंशिक क्षति भएकाहरुलाई सोही अनुसारको राहत उपलव्ध गराईने उहाँले व्यक्त गर्नुभयो । स्याङ्जा जिल्ला लगायत वालिङ नगरपालिका क्षेत्रमा विगत केहि दिनदेखि अविरल वर्षाका कारण ठुलो क्षति भएको छ भने अझै केहि दिन बाढीको उच्च जोखिम रहेकोले सुरक्षित रहन नगर प्रमुख खाँणको अनुरोध छ ।
विपत व्यवस्थापन कार्यदल गठनसँगै नगर प्रमुखको नेतृत्वमा नरपालिकाका विभिन्न वडाहरुमा स्थलगत अवलोकनसमेत गरिएको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment