वालिङमा शिवध्वजारोहण एवम् स्नेह मिलन
फागुन १४, वालिङ ।
स्याङ्जाको वालिङमा शिवध्वजारोहण एवम् स्नेह मिलन कार्यक्रम गरिएको छ । महाशिवरात्रीको अवसरमा ब्रह्माकुमारी विश्वविद्यालय वालिङ शाखाले शिवध्वजारोहण एवम् स्नेह मिलन समारोह आयोजना गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्व मन्त्री माननीय सरस्वती अर्याल तिवारीले हामीलाई चाहिने विद्यालय मध्ये ब्रह्माकुमारी विश्वविद्यालय पनि एक भएको बताउनुभयो । ब्रह्माकुमारी विश्वविद्यालयमा विशाल ज्ञानको भण्डार भएकाले हामीलाई चाहिने मध्ये एक विद्यालय रहेको गण्डकी प्रदेश सांसद तिवारीले बताउनुभएको हो । भगवानलाई विभिन्न तरिकाले मान्न सकिने विधि छन् त्यसमध्ये ब्रह्माकुमारी विश्वविद्यालय पनि एक हो उहाँले भन्नुभयो, ओमशान्ति भित्र अनगिन्ती कथाहरु छन्, विचारहरु र परम्पराहरु छन् ।
कतिपयले गलत व्याख्या गर्ने गरेको पनि पाइएकाले राम्रोसँग बुझेर र अध्ययन गरेर विश्वविद्यालयको पवित्र ज्ञानलाई ठीक तरिकाले लिन र दिन उहाँको आग्रह छ ।
कार्यक्रममा शाखाकि सह सञ्चालिका अनु थापाले महाशिवरात्री शिव भगवानको जन्मदिन भएकाले यस अवसरमा वार्षिकरुपमा शिव ध्वजा रोहण एवम् स्नेह मिलन समारोह आयोजना गर्दै आएको जानकारी गराउनु भएको थियो ।
विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार एवम् विश्वविद्यालयका विद्यार्थीहरुको सहभागितामा शिवध्वजारोहण एवम् स्नेह मिलन समारोह गरिएको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment